मन्थली,१४ माघ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा रामेछापमा कुन पार्टिले विरासत जोगाउने हो त्यो निर्वाचन परिणामले देखाउने नै छ ।
यस अघिका निर्वाचनहरुमा काग्रेस एमाले र माओवदीले पटक –पटक विजय हासिल गरेको भएपनि यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टि सहित अन्य नयाँ दलका उमेद्वारहरु मैदानमा रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापमा ३ स्वतन्त्र र १४ राजनैतिक दल का आधिकारी ब्यक्ति सहित १७ जनाको उमेद्वरी परे पनि चार दल विच कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताहरुले गरका छन् ।
राजनितिक रुपमा आ–आफ्नै तरिकाले ख्याति कमाएका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टि र राष्ट्रिय स्वतन्त्र पार्टिका उमेद्वारहरु वीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
२०२८ सालमा नेविसंघ को सदस्यता लिएर राजनिति यात्रा सुरु गरेका नेपाली काँग्रेसका उमेद्वार रामचन्द्र खड्का शिक्षक सघका अध्यध्य र १७ बर्ष नेपाली काँग्रेको रामेछापको पार्टि सभापति समेत भैसक्नु भएको छ । उहाँ अहिले महाधिबेशन प्रतिनिधि हुनुहन्छ । जिल्लामा एकमात्र निष्ठावान र सर्वमान्य नेताका रुपमा चिनिएका खड्का आफु काग्रेसको पुरानो कार्यकर्ता भएको र जिल्लामा आफु चिर परिचित भएकोले रामेछाप वासीले आफुलाई मत दिने विश्वास ब्यक्त गर्नु हुन्छ ।
उहाँले भन्नुभयो– “ म रामेछापमा लामो समय देखि नेपाली काँग्रेको कार्यकर्ता भई काम गरेँ अहिले सम्म पनि कुनै पदमा पुगको छैन अब भने मतदातले मलाई पर्याप्त मत दिएर सांसद बनाउनुहुनेछ र म उहाहरुका लागि जिल्लामा केही गरेर देखाँउछु ।
एक निर्वाचन क्षेत्र र ,२ वटा नगरपालिका र ६ वटा गाँउपालिका सहित ८ वटा पालिका को १ मात्र निर्वाचन क्षेत्र रहेका रहेको यस जिल्लाका नेकपा एमालेकातर्फबाट उमेद्वार वनेका माधब प्रसाद ढुंगेल पनि अनेरास्ववियूको बाट राजनैति प्रारम्भगर्नु भएको हो ।
सो संगठनको जिल्ला अध्यक्ष हुदै केन्द्रीय अध्यक्ष र हाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनु भएका ढुंलेलले पनि युवा संंघको केन्द्रीय उपाध्यक्ष भई काम गरिसक्नु भएको छ ।
जिल्लामा जेन्जी पुस्ताको उमेद्वार भएको र जिल्लाको विकास निर्माणमा यस अघि आफ्नो पार्टिको नेतृत्वमा सरकार भएको बेलामा गरेको विकास निर्माणनै आफना चुनाव जित्ने आधारहरुभएको ढुंगेलले बताउनुभयो ।
९६ हजार ८ सय ९२ पुरुष र ९१ हजार ६० सहित कुल १,७८,९५२ मतदाता संख्या रहेको यस जिल्लामा नेपाली कम्यूनिष्ट पार्टि बाट उमेद्वार बन्नु भएका श्याम कुमार श्रेष्ठ ( कुशल) यस अघि २०७० सालको दोस्रो संबिधान सभा मा तत्कालित रामेछाप क्षेत्र नं २ बाट र २०७४ सालको निर्वाचनमा नेकपा एमाले सँग भएको गठबन्धनबाट निर्वाचित हुनुभएको थियो । तत्कालिन अबस्थामा गृह राज्य मन्त्री समेत हुनुभएका श्रेष्ठ आफु सांसद भएको बेलामा गरेको जिल्लाको विकास नै निर्वाचन जित्ने आधार भएको बताउनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टिबाट उमेद्वार बन्न्ुभएका कृष्णहरी बुढाथोकी अर्थशास्त्र विषयमा (विद्यावारिधि) पि एच डि गरेका प्राज्ञिक ब्यक्ती हुनुहुन्छ ।
रामेछाप विकास वहस मार्फत जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा लाग्नु भएका बुढाथोकी आफुलाई रामेछापको विकास कसरी गर्ने भन्ने ज्ञान भएको बताउनुहुन्त । आफुले साना उद्यमी किसानको पक्षमा काम गरेको रामेछाप– काठमाण्डौ सिर्जनसिल समाज संस्था मार्फत नेतृत्वमा रहि काम गरीरहदा जिल्लाको विकाका मेडेलहरुको ज्ञान भएको बताउनुहुन्छ ।
जेन्जी पुस्ताले पुराना दलहरु भन्दा नयाँ र इमान्दार दल र नेता खोजेका कारण आफुलाई त्यसमा योग्य ठानी उमेद्वारी दिएकोले आफ्नो जित सुन्श्चित भएको दावी उहाँको छ ।
विगतको इतिहासलाई केलाउने हो भने तत्कालिन अबस्थामा २ वटा निर्वाचन क्षेत्र हुँदा २०४८ सालमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका लक्ष्मण घिमिरे र २ बाट राष्ट्रिय जनमोर्चा नेपालका कमल चौलाईले विजय हासिल गरेका थिए भने २०५१ सालको निर्वाचनमा क्षेत्र नं १ बाट नेकपा एमालेका देबशंकर पौडेल ले र क्षेत्र नं २ बाट नेपाली काँग्रेसका पद्य्म शंकर अधिकारीले विजय हासिल गरेको थिए ।
त्यसैगरी २०५६ सालमा क्षेत्रन नं –१ बाट नेकपा एमालेका कमल प्रकाश सुनवारले र क्षेत्र नं २ बाट नेपाली काग्रेसका रामहरी ढुंगेलले विजय हासिल गरेका थिए भने २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचन मा दुवै क्षेत्र नेकपा माओवादीले जितेको थियो त्यस्तै २०७० सालको दोस्रो संबिधान सभाको निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसका आङ टावा शेर्पा र क्षेत्र नं २ बाट नेकपा माओवादी का श्याम कुमार श्रेष्ठ बिजयी भएका थिए ।
संघिय र प्रदेश सभाको निर्वाचन एकै पटक भएको २०७४ सालका नेकपा एमाले सँगको गठबन्धनमा संघिय निर्वाचन नेकपा माओवादीका श्याम कुमार श्रेष्ठ र प्रदेश निर्वाचनका दुवै क्षेत्र नेकपा एमाले ले विजय हासिल गरेको थियो ।
त्यस्तै संघिय र प्रदेश सभाको निर्वाचन एकै पटक भएको २०७९ सालको निर्वाचन नेकापा माओवादी सँगको गठबन्धनमा नेपाली काग्रेसका पूर्ण बहादुर तामाङले संघिय सांसद विजयी भएका थिए ।
यसरी कहिले नेपाली काँग्रेस त कहिले नेकपा एमाले अनि कहिले माओवादीले आ आफ्नो विरासत कायम राखेको इतिहास छ ।
तर यस पटक राष्ट्रिय स्वतन्त्त पार्टि,उज्यालो नेपाल, श्रम शक्ति पार्टि र रा प्र पा जस्ता पार्टिहरुले पनि पुराना दलहरुलाई निक्कै धक्का पुग्ने अनुमान मतदाताहरुले गरेका छन् ।
अतः आ आफ्नो पार्टिको विरासत जोगाउन पुराना दलहरुले कम्मर कसेरै लाग्नु पर्ने अबस्था भएको राजनितिक विश्लेषकहरु बताउछन् ।











यो बारेमा तपाईको प्रतिकृया