Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा मत पत्र आइपुग्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ फाल्गुन २०८२, सोमबार
in समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ११ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापमा सोमबार साझ मतपत्र आइपुगेको छ ।

नेपाली सेनाको कडा सुरक्षाका बीच काठमाण्डौ बाट उक्त मतपत्र ल्याइएको थियो ।
प्रत्यक्ष तर्फ २ लाख २० हजार र समानुपातिक तर्फ कूल २ लाख ५ हजार मत पत्र जिल्लामा प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

उक्त मत पत्र –रामेछाप जिल्लाका विभिन्न निर्वाचन केन्द्र्मा खटाइएका ्कुल एक हजार तीन सय चौरहत्तर जना कर्मचारीहरु लाई आ–आफ्नो केन्द्रमा पठाउदा सँगै पठाउने तयारी भैरहेको पनि मृख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।

निर्वाचनका लागि खटाइएका दुई सय तीस जना मतदान अधिकृत र सोही संख्यामा खटाइएका सहायक मतदान अधिकृत हरुलाई मंलवार देखि निर्वाचन सम्बन्धि अभिमुखीकरण तालिम दिएर १८ गते सम्ममा सम्बन्धित मतदान केन्द्रमा पठाइने पनि उहाँले बताउनुभयो ।

मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा अभिमुखीकरण गराएर फागुन १८ गते सम्म फिल्डमा कर्मचारी खटाउने तयारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी सँगै मतपेटिका, मतपत्र लगायत निर्वाचनका अन्य आवश्यक सामाग्री समेत सँगै पठाउने तयारी गरिरहेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ९६ हजार ८ सय ९२ पुरुष र ९१ हजार ६० जना महिला गरी कुल १ लाख ७९ हजार ९ सय ५२ जना मतदाता रहेका छन् ।

दुई सय तीस वटा मतदान केन्द्र रहेको यस जिल्लामा फागुन २१ हुन लागेको निर्वाचनमा रामेछापमा तीन जना स्वतन्त्र सहित १४ राजनीतिक दलका प्रतिनिधिहरू सहित १७ जनाले उमेद्वारी दर्ता गराएर आ आफ्नो पक्षमा मत पार्न दौडधुप गरिरहेका छन् ।
यस पटकको निर्वाचनमा भने मुख्य एवं पुराना राजनीतिक दलहरू बिच नै कडा प्रतिस्पर्धा हुने संम्भावना देखिएको छ ।

Share6Tweet4Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ फाल्गुन २०८२, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ फाल्गुन २०८२, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

११ फाल्गुन २०८२, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

११ फाल्गुन २०८२, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ फाल्गुन २०८२, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ फाल्गुन २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero