मन्थली, ७ साउन । प्रेस चौतारी नेपाल रामेछाप द्धारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलाई प्रदान गरिएको छ ।
प्रेस चौतारी रामेछाप ले ४८ औं पुष्पलाल स्मृति दिवसको अबसर पारेर मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा उक्त पुरस्कार पौडेललाई दिइएको हो । रु २५ हजार नगद सहित दोल्ला र प्रशंसा पत्रले उहालाई सम्मान गरिएको थियो ।
प्रेस चौतारी नेपालले सो अबसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक अन्तरकृयात्मक कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले पुष्पलालले देखाएको बाटोमा अघि बढन सक्ने ब्यक्ति मात्र सच्चा कम्युनिष्ट हुने बताएका थिए ।












यो बारेमा तपाईको प्रतिकृया