रामेछाप- रोल्पा र दाङ जिल्ल्ला घर भएका तीन दर्जन मजदुर मन्थलीमा अलपत्र परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन सडक निर्माणको काम गर्दै आएका ति मजदुरहरु काम रोकिएपछि घर फर्कने क्रममा मध्यबाटोमानै अलपत्र परेका हुन् । ३५ जना मध्ये १० जना आइतबार दिउँसो सदरमुकाम मन्थली आईपुगेका र बाँकी सबै मन्थलीमा आईपुग्ने पीडितहरुले बताएका छन् ।
रातको समेत पर्वाह नगरि करिब ३ दिनको कठिनपूर्ण यात्रा पछि आईतबार विहान मन्थली आएका सबै मजदुरहरु थकान र भोकले लखतरान देखिएका थिए । उनिहरुको बारेमा जानकारी पाएपछि सबैलाई खानपानको ब्यवस्था रामेछाप उद्योग बाणिज्य संघले मिलाएको र बाँकी आउँदै गरेकाहरुलाई पनि खाने व्यवस्थाको प्रवन्ध मिलाईने पनि रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन केसिले जानकारी गराए ।
लकडाउनका कारण आफूले श्रम गरेको रकम समेत ठेकेदारले नदिएको र तत्काल लकडाउन हट्ने अवस्था नदेखेपछि बिना बाटो खर्चनै आफूहरु घर तर्फ लागेको अलपत्र अवस्थाका मज्दुर विशाल भण्डारीले गुनासो गरे । उनले लकडाउन र संभावित कष्टको बारेमा थाहा पाएर पनि आफुहरु घर जान लागेको पनि बताए । अवस्था गम्भिर छ । मरिन्छ बाँचिन्छ थाहा छैन् । बरु मरे पनि बाँचेपनि परिवार संगै भेट हुन्छकि भनेर पैदल भएपनि घर जान हिडेका हौ भण्डारीले भक्कानिदैँ भने ।
उनिहरुको अवस्थाका बारेमा थाहा पाउना साथ आफूले सम्वन्धित निर्माण ब्यवसायीसंग समन्वय गरि उनिहरुलाई घर पठाउनका लागि पहल सुरु गरि सकेको प्रमुुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनले बाटोमा रहेका बाँकी मज्दुरहरु पनि मन्थली आईसकेपछि उनिहरु सबैलाइ स्थानीय प्रशासनसंग समन्वय गरि सवैलाई एकैे साथ गन्तब्य स्थल सम्म पठाईने जानकारी पनि प्रजिअ शर्माले गराईन ।
यो बारेमा तपाईको प्रतिकृया