Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मानव अधिकार अबस्था अनुगमन समितिले जिल्लामा धेरै काम गर्नुपर्छ– प्रजिअ शर्मा

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०७७, बुधबार
in समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानव अधिकार अबस्था अनुगमन समितिले जिल्लामा धेरै काम गर्न आबश्यक रहेको बताउनुभएको  छ । मानव अधिकार अवस्था अनुगमन समितिले मन्थीमा बुधवार आयोजना गरेको जिल्ला स्तरीय अनुगमन समितिको चिनारी एबं काम कर्तब्य अधिकारको बारेमा जानकारी गराउने कार्यक्रमका अबसरमा प्रजिअ शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले कोरोना भाइरसका कारण मुलुकभर लकडाउन भैरहेको अबस्थामा जिल्लामा स्थानीय प्रशासनले गरेका कामहरु, संक्रमण फैलिन नदिन अपनाइएका उपायहरु, बजारमा मुल्य बृद्धिको  अबस्था एबं समाजिक दुरी पालना भए नभएको  बारेमा अनुगमन गरी आफुलाई जानकारी दिन समितिलाई अनुरोध गर्नुभयो ।

प्रजिअ शर्माले जिल्लामा हिंसात्मक गतिबिधिहरु आत्महत्या बढ्नुमा कोभिड˗ १९ वा अन्य कारण के हुन सक्छ सो का बारेमा अनुगमन हुनुपर्ने, बेलाबेलमा जिल्लामा फेला परेका बेवारिसे महिलाहरुलाई  ब्यवस्थापन गर्नका लागि पनि यस समितिले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बर्तमान अबस्थामा  जिल्लामा मनोसामाजिक रोगिहरु पनि देखिन थालेकोले उनीहरुको उपचारको लागि पनि समितिले समन्वयात्मक  ढंगबाट काम गर्नु पर्ने कुरालाई जोड दिनुभयो । कोभिड ˗१९ को संक्रमण मुलुकभर फैलिइ रहेको बेलामा यस समितिले सो सम्बन्धी बिभिन्न कुराहरुको अनुगमन गरी सल्लाह सुझाब दिन समेत अनुरोध गर्नुभयो ।

त्यसैगरी मन्थली नगरपालिकाका न्यायिक समितिका सदस्य नारायण बोगटीले जिल्लामा भएको लकडाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि स्थानीय प्रशासनले गरेको पहल पालिका र जिल्ला स्तरमा भएको क्वारेन्टाइन कक्ष, आइसोलेशन वार्ड र बजारमा हुनेगरेको चहलपहल र पालना भए नभएको समाजिक दुरीका बारेमा अनुगमन गरी सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउन यो समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो  ।

नेपाल पत्रकार महासंघका अध्यक्ष एबं कोभिड १९ का सन्दर्भमा गठित जिल्ला स्तरीय मानव अधिकारको अबस्था अनुगमन समितिका संयोजक रमेश ढुंगेलले जिल्लामा गठित समिति, त्यसको काम कर्तब्य र अधिकार, उद्धेश्य, कृयाकलाप, चुनौति र अपेक्षाका बारेमा जानकारी गारउनु भएको थियो । संयोजक ढुंगेलले बिश्वब्यापी रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न राष्ट्रिय मावन अधिकार आयोगको परिपत्र अनुसार ७७ वटै जिल्लामा जिल्ला स्तरीय समिति गठन गर्ने अभियान अन्तर्गत रामेछाप जिल्लामा पनि  पनि नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, रामेछाप वार इकाइ र २ जना अधिकार कर्मी सहितको ५ सदस्यीय समिति गठन भएको जानकारी गराउनु भएको थियो  ।

त्यस्तै कार्यक्रममा दिएका सुझव अनुसारनै समितिले काम गर्ने समेत अध्यक्ष ढुंगेलले प्रतिबद्धता जनाउनुभएको छ ।

Share24Tweet15Share4

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

७ जेष्ठ २०७७, बुधबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

७ जेष्ठ २०७७, बुधबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

७ जेष्ठ २०७७, बुधबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

७ जेष्ठ २०७७, बुधबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

७ जेष्ठ २०७७, बुधबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

७ जेष्ठ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.