रामेछाप,२३ बैशाख । जिल्लामा कोरोना पोजेटिभ भएका संञ्चारकर्मीहरुको संख्या बढदै गएपछि नेपाल पत्रकार महासंघ रामेछापको भवनमा आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
नेपाल पत्रकार महासंघको ¥यापिड रेस्पोन्स टिमको सकृयतामा उक्त आइसोलेशन कक्ष तयार गरिएको हो ।
यस अघि १ जना मात्र पत्रकारलाई कोरोेना पोजेटिभ देखिएको भएपनि बिहिवार प्राप्त प्रतिवेदन अनुसार जिल्लाका ५ जना थप पत्रकारहरुलाई कोरोना पोजेभिट देखिएको थियो । यी पाँच सहित जिल्लामा सक्रमित हुने पत्रकारहरुको संख्या ६ पुगेको छ भने रामेछाप जिल्लामा २९ जनाको प्रतिवेदन पोजेटिभ आएको छ ।
यसरी कोरोना पोजेटिभ देखिने पत्रकारहरुमा पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य १ जना, महासंघका कार्यसमितिका पदाधिकारी १, जना सदस्यहरु २ जना र रेडियो तामाकोशीमा कार्यरत महिला पत्रकार १ जना रहेका छन् । यस अघि नै कोरोना पोजेटिभ देखिनुभएका महासंघका १ जना प्रदेश परिषद सदस्य भने होम आइसोलेशनमा उपचाररत हुनुहुन्छ भने बाँकी ५ जना पत्रकारहरू पत्रकार महासंघको नवनिर्मित आइसोलेशन कक्षमा विहिवार देखि उपचाररत रहनु भएको छ ।
जिल्लामा कोरोना पोजेटिभ प्रतिवेदन आउने पत्रकारहरुको संख्या बृद्धि हुँदै गएका कारण उनीहरुलाई एकै ठाँउको आइसोलेशन कक्षमा राखेर उपचार गर्न सहज गराउने उद्देश्यले महासंघकै भवनमा उक्त कक्ष निर्माण गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष एबं महासंघका ¥यापिड रेस्पोन्स टिमका संयोजक बद्री नयाँघरेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया