रामेछाप,२१ जेठ । देशभर सक्रमणका रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड–१९ को न्यूनिकरण का लागि रामेछाप जिल्लाको दोरम्बा गाउपालिकामा रहेको प्रगतिशिल युवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले सुनापति गाउँपालिका वडा नं –१ गुन्सी स्वास्थ्य चौकीमा सञ्चालित आइसोलेशन वार्डलाई चाहिने अति आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
जस मध्ये उक्त संस्थालाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र ग्लोब्स २०० पिस लगायतका स्वास्थ्य सामाग्री शुक्रवार एक कार्यक्रमका विच हस्तान्तरण गरेको उक्त संस्थाका सदस्य सुशिल चौलागाईँले बताउनुभयो ।
उक्त स्वास्थ्य सामाग्रीमध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले प्रगतिशील युवा समाजलाई सहयोग स्वरुप प्रदान गरेको पनि चौलागाईँले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा,प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संस्थाले यस अघि पनि दोरम्वा गाउपालिकाको विबभिन्न स्वास्थ्य संस्थाहरुमा यस प्रकारको सहयोग गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा वोल्दै संस्थाका सदस्य शुसिल चौलागाँइले देश विदेशमा रहनुभएका सहयोगि मनहरुबाट सहयोग जुटाएर आफ्नो संस्थाले यो संकटको घडिमा मानव रक्षाका लागि यस्ता समाग्री हस्तान्तरण गरिएको भन्दै यस अघि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै यस महामारीमा धेरै ठाँउहरुमा सहायोग गर्नुपर्ने भएकोले यस्ता सहयोगहरु निरन्तर जारी रहने र अन्य सहयोगी हातहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया