Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा कोरोना बिरुद्धको खोप दुरुपयोग

नेपाल अभियान नेपाल अभियान
२८ जेष्ठ २०७८, शुक्रबार
in समाचार, स्वास्थ्य
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२८ जेठ । नेपाल सरकारले ६२ वर्षदेखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकहरूको लागि लगाउ भनि जिल्लामा पठाएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत पालिकाहरु रहेका छन् । सरकारले जेठ २५ देखि २७ गते सम्म खोप लगाउने गरी ६२ देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकहरुका लागि लक्षित गरी पठाएको कोरोना बिरुद्धको भ्याक्सिन पालिकाका र स्वास्थ्य प्रमुखहरुकै निर्देशनमा दुरुपयोग भएको जनाइएको छ ।


प्राप्त श्रोतका अनुसार रामेछाप र मन्थली नगरपालिकाको स्वास्थ्य शाखाले ६२–६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकको नाममा आएको खोप स्वास्थ्यकर्मी निकट आफन्त तथा रामेछाप नगरपालिका वडा नं ६ मा रहेका शिक्षकहरुले कोभिड विरुद्धको भेरोसेल खोप लगाएको प्रमाण फेलापरेपछि अनियमितता प्रकरण सार्वजनिक भएको हो ।
उक्त वडामा वडा अध्यक्षकै निर्देशनमा शिक्षक तथा पहुँचवालाहरुले खोपको दुरुपयोग गरेका छन् । यसरी सरकारी निर्देशन र मापदण्ठ विपरित शिक्षक र व्यापारी तथा पहुँचवालाहरुले खोप लगाएर खोपको दुरुपयोग गरेको भन्ने सम्वन्धमा रामेछाप नगर शिक्षक महासंघका अध्यक्ष नारायण प्रसाद घिमिरेले भन्नुभयो– पालिकाले गरेको यस खालको अनियमितता प्रति महासंघको गम्भिर आपत्ति रहेको छ । शिक्षकलाई चाहि राज्यले बिभेद गरेर हाल सम्म खोप दिएको छैन कि सबै शिक्षक वालाहरुलाई खोप दिनुपरयो हैन भने खोप लक्षित वर्ग सम्म पुग्नु परयो ।

जेष्ठ नागरिकको नाममा आएको खोप भने जेष्ठ नागरिकले लगाउन नपाएरु पहुँच वाला अरुलेनै लगाएका छन् ।
यस सम्वन्धमा रामेछाप नगर स्वास्थ्य प्रमुख विष्णु कार्कीले खोपको दुरुपयोग नभएको दावी गर्दै कतिपय वडाहरुमा निर्धारित उमेर समुहका मानिसहरु उपस्थित नभएकाले खोपनष्ट नहोस भन्ने उद्देश्यले आफुले नगरपालिकासँग समन्वय गरेर अन्य उमेर समुहकालाई पनि खोप लगाएको बताउनुभयो
यसबारेमा नगरले सम्वन्धित वडा अध्यक्ष र त्यहाँको वडा स्वास्थ्य प्रमुखहरुकै रोहबरमा खोप बुझाएकाले यसमा नगरको कुनै पनि दोष नरहेको बताउनुभयो ।
कोरोना महामारीको कारण मुलुक आक्रान्त भइरहेको बेला सरकारले निश्चित उमेर समुह किटान गरि जेष्ठ नागरिकहरूको लागि किटान गरेर पठाएको खोप सम्वन्धित पक्षवाटनै दुरूपयोग भएको आरोप सरोकारवालाहरूले लगाएका हुन । रामेछाप स्वास्थ्य केन्द्रबाट खोप लगाउनेहरूमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सत्ताशिन नेकपा एमाले र अन्य पार्टीका नगरस्तरीय नेताहरू र नगर शिक्षक महासंघका पदाधिकारीहरू समेत रहेका छन् ।
त्यसैगरी मन्थली नगरपालिकामा सरकारी सूचनाका आधारमा खोप लगाउन पुगेका मन्थली नगरपालिका वडा नं –३ का ६४ वर्षिय मोहन वहादुर थापा दिनभरि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा खोपको प्रतिक्षामा बसेर खोप नलगाई फर्किएको गुनासो गर्छन् । उनले आफुसँगै लाइनमा बसेका आफु भन्दा कान्छा र जेठो उमेरका दुवै थरीका जेष्ठ नागरिहरुले पहुँचको आधारमा खोप लगाएका र आफ्नो भने कुनै पनि आधार नभएकाले दिउँसभरी मन्थलीको तातो घाम मा कुरेर खोप नै नलगाई फर्कनु परेको पनि थापाको बताए ।
यसरी मन्थली मा रहेका प्राथमिक स्वास्थ्य केन्द्र वाट खोप लगाउनेहरुमा स्वास्थ्यकर्मीका आफन्त, नागरिक समाजका अगुवा, राजनितिक कार्यकर्ता, पहुँचवालाहरु र कोरोना संक्रमा भएको चार हप्ता पुरा नभएका व्यक्तिहरू समेत रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र श्रोतले बताएको छ ।
दुई नगरपालिका वाहेक अन्य गाउँपालिकामा पठाएको खोप पनि मापदण्ड भित्रका नागरिकहरू उपस्थित नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरूका आफन्त र नजिकैका र आसपासका नागरिकहरुलाई खोप लगाएको पाइएको छ ।


त्यसवाहेक यसपटक सरकारी मापदण्ड भित्र नपरेका नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरूले समेत खोप लगाएका छन् । तर प्रहरी श्रोतले भने– नेपाल प्रहरीले ७९, सशस्त्र प्रहरीले २६ र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी ८ जनाले मात्र खोप लगाएको स्रोतले बताएको छ । स्रोतका अनुसार नेपाल प्रहरीका लागि १ सय ६४, सशस्त्र प्रहरीको लागि ४० र जिल्लाका संचारकर्मीहरुका लागि २० गरी २ सय २४ भ्याक्सिन मन्थलीका लागि आएको थियो । जसमा १ सय १५ जना प्रहरीले मात्र लगाएका थिए सञ्चारकर्मीले कसैले पनि खोप लगाउन पाएनन् ।
तर मन्थली नगर स्वास्थ्य कार्यालयले भने सबै खोप ६२–६४ वर्षका जेष्ठ नागरिकहरुले लगाउनु पर्नेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले जर्वजस्ति रुपमा लगाएको दावी गरेको छ । खोपको अनियमितताको सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग सम्र्पक गर्दा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कर्णले कार्यालयले सम्वन्धित पालिकाहरुलाई सरकारी मापदण्ड अनुसार खोप लगाउन अनुरोध गरेको बताउनुभयो । सो आधारमा कार्यालयले र मन्थली नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक १ सय ५० भायल, रामेछाप नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक ४ सय ५० भायल खोप उपलब्ध गराएको बताउनुभयो ।
त्यसैगरी उहाले गोकुलगंगा र उमाकुण्डा गाउँपालिकालाई २–२ सय, सुनापति गाउँपालिकलाई १ सय ५०, दोरम्वा गाउँपालिकालाई १ सय २५, खाँडादेवी गाउँपालिकालाई १ सय ३०, लिखु तामाकोशी गाउँपालिकालाई १ सय ३० भाएल खोप पठाएको भए पनि कतीपय पालिका र वडाहरुमा खोपको दुरुपयोग भएको सूचना कार्यालयलाई प्राप्त भएको बताउनुभयो ।
उहाले जिल्ला स्वास्थ्य कार्यालयले मध्यस्तकर्ता मात्र भएको र सबै खोप केन्द्रवाट खोपको विवरण प्राप्त नभएकाले आधिकारीक रुपमा यसैे भन्न नसक्ने अवस्था भएको बताउनुभयो । । यदी खोपको दुरुपयोग भएको हो भने सम्बन्धित पालिकाको स्वास्थ्य शाखाका पदाधिकारीकै जिम्मामा हुने बताउनुभयो ।

खोप अनियमितता र प्रहरीले पनि जवरजस्ति रुपमा खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले ६२–६४ उमेर समूहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सुरक्षाकर्मीहरुलाई र संञ्चारकर्मीहरुलाई क्रमशः दिने निर्णय जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको बताउनुभयो । उहाले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण,खपत खोप र उमेर समूहका नागरिकहरूको संख्याको बारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विबरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।

Share34Tweet21Share6

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२८ जेष्ठ २०७८, शुक्रबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२८ जेष्ठ २०७८, शुक्रबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२८ जेष्ठ २०७८, शुक्रबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२८ जेष्ठ २०७८, शुक्रबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२८ जेष्ठ २०७८, शुक्रबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२८ जेष्ठ २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.