रामेछाप, ५ मंसिर । मन्थली नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नारका साथ आइतवार निःशुल्क मिगौला परीक्षण घोषणा कार्यक्रम गरको छ ।
मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।
मिर्गौलाको रोग लागेर करौडौ रुपैया राज्यकोष बाट खर्च गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हो भन्दै मिर्गौला वचाउ अभियानका प्रमुख अभियान्त डा.ऋषि काफ्लेले कुल जनसंख्याको १० प्रतिशतमा प्राय मृगौला रोगीहरु फेला पर्ने बताउनुभयो । उहाले यो परीक्षण सामान्य ढंगवाट पिसाव टेष्ट बाट गर्न सकिने र प्रति ब्यक्ति बढिमा १ मिनेटमा परीक्षण सम्पन्न हुने वतउनुभयो ।
उहाले मिर्गौलाको रोग लागेर उपचार गर्न अत्यन्तै महागो भएको,राज्यले मिर्गैाला रोगिलाई प्रति ब्यक्ति रु १ लाख सम्म उपचार खर्च दिने भएपनि प्रत्यारोपणको प्रकृया झन्झटिलो भएको हुँदा रोग लाग्नै नदिनुनै उपर्युक्त हुने बताउनुभयो ।
कार्यक्रमका अबरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो कार्यकाल अब ४ महिना मात्र भएपनि छाड्ने बेलामा स्मरण योग्य काम गर्ने योजना रहेको बताउनुभयो । उहाले नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट सुरु गर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले– अरु कुनै पालिकाले गर्न नसकेको काम मन्थली नगरपालिकाले गर्न लागेकोले यो कार्य उदाहरणिय हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाले यस कार्यका लागि कार्यपालिकाको बैठकवाट रु ५ लाख विनियोजन गरेको र त्यसको परिचालन पारदर्शि ढंगले गरेर यो अभियान २ महिना भित्र सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले अरु कुनै पालिकाले गर्न नसकेको काम यस नगरपालिकाले गरेको प्रति खुसी ब्यक्त गर्दै यस्ता अभियानहरु जिल्लामा रहेका अरु पालिकाहरुले पनि गर्न सके धेरै नागरिकहरु मिर्गौला पिडित नहुने बताउनुभयो । नगर प्रमुख बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रम अघि नगर क्षेत्र भित्र रहेका करिब २७ जना स्वास्थ्य प्रमुखहरुलाई यस समबन्धी अभिमुखीकरण समेत गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया