मन्थली,६ चैत । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुशिल थापा सहित १ सदस्य वाहेक प्यानलै बिजयी भएपछि बुधवार विहान विजय जुलुस निकालिएको छ ।
मंगलवार भएको मतदानमा नेविसंघका विपुल रोक्कालाई ५५ मतको अन्तरले पराजित गर्दै सुशील थापाको
प्यानल विजयी भएको थियो । बिजेता थापा ले २ सय ७ मत र उप विजेता रोक्काले १ सय ५२ मत प्राप्त गर्नु भएको थियो भने अखिल क्रान्तिकारीको तर्फबाट सभापति पदका प्रत्यासी अनोज भुजेलले ६५ मत प्राप्त गर्नुभएको थियो ।
यस क्याम्पसमा ५ सय ३१ जना मतदाता रहेपनि ४ सय २७ मत मात्र खसेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया