कुमार श्रेष्ठ,
रामेछाप- नेकपाकी नेतृ तथा दोस्रोे संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ । केही वर्ष अघि ब्रेन ट्युमर भएर सल्यिक्रिया गरिएको भए पनि उहाँलाई निको नहुँदा शनिबार विहान पौने तीन बजे भक्तपूरको लोकन्थली स्थित आफ्नै निवासमा निधन भएको हो । २०२५ सालमा रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ बाबियाखर्कमा जन्मिनु भएकी घिमिरे सुवेदीले सानै उमेर देखि राजनीति मार्फत समाज सेवाको बाटो रोज्नु भएको थियो ।
उहाँको पशुपती आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक श्रोतले बताएको छ । सुवेदीको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर श्रृद्धाञ्जली दिने कार्यक्रम रहेको पनि जनाईएको छ । निजको एक छोरा, एक छोरी र श्रीमान हुनुहुन्छ ।
यो बारेमा तपाईको प्रतिकृया