Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध सभा

बद्री नयाँघरे बद्री नयाँघरे
२५ पुष २०७७, शनिबार
in राजनीति, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर गरेको संसद विघटनको बिरुद्वमा नेपाली काँग्रेस रामेछापले शनिवार  जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा विरोध सभा गरेको छ । पार्टि केन्द्रको निर्णय अनुसार काँग्रेसले मुलुक भरका ३ सय ३० वटै निर्बाचन क्षेत्रमा एकै पटक प्रधानमन्त्रीको असंवैधानिक कदमको  विरुद्वमा विरोध कार्यक्रम गरेको हो ।

 पार्टिले निर्बाचन क्षेत्र अन्र्तगत प्रदेश क्षेत्रिय कार्य समिति प्रदेश (क) को  मन्थली नगरापलिका वडा नं–३ कठजोरको ठाँटीमा र प्रदेश (ख) को  मन्थली नगरपालिका वडा नं ७ स्थित भटौलीको  ठेडीखोलामा विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

 विरोध सभामा बोल्ने  सबै बक्ताहरुले प्रधानमन्त्रीले गरेको  संसद विघटनको सिफारीस नेपाल र नेपाली नागरिकको लागि दुर्भाग्य रहेको भन्दै संसद पुनर्बहाली मात्र यसको विकल्प रहेको बताएका थिए ।

दुवै कार्यक्रममा बोल्ने नेताहरूले बर्तमान सरकारको गलत रबैया र क्रियाकलापले मुलुक अक्रान्त भएको बेलामा प्रधानमन्त्री ओलीले गरिमामय संसदको समेत वेवास्ता गर्दै संसद विघटनको सिफारीस गरेर निर्लज्जता प्रर्दशन गरेको आरोप पनि लगाए । संविधान हातमा लिएर राष्ट्रपतिको आडमा प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने निर्णयले उनी असली तानाशाहा मात्र नभई संसदको हत्या गर्ने कंसको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनबाट करिब दुई तिहाईको जनमत प्राप्त गरेको ओली सरकारले आफुलाई मुलुकको इतिहासमा निकम्मा सरकारको रुपमा नाम दर्ज गराई सकेको आरोप पनि लगाएका थिए । नेपाली काँग्रेस प्रदेश क्षेत्रिय समिति प्रदेश क का सचिव निरोज खड्काको अध्यक्षतामा सम्पन्न  कठजोरमा भएको  कार्यक्रमको नेतृत्व जिल्लाका पूर्व पार्टि सभापति रामचन्द्र खड्काले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पार्टि उप सभापति जितेन्द्र मोक्तान,पार्टि सचिव लेख बहादुर कार्कि महाधिबेसन प्रतिनिधि कान्छाराम तामाङ,नेताहरू गंगा अधिकारी,झप्पड राज भण्डारी, युवराज भट्टराई,रत्न कार्की,कमल विक्रम कार्की, लगायले संबोधन गर्नु भएको थियो ।

त्यसैगरी प्रदेश (ख) को ठेडिखोलामा भएको कार्यक्रमको नेतृत्व पार्टि सभापति लबश्री न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमका असरमा स्थानीय ठेडीखोलावाट निस्केको विरोध जुलुस मुगिटार प्रसाईचोक हुँदै राक्से चौतारामा पुगि पुन ठेडीखोलामै आएर कोण सभामा परिणत भएको थियो ।

प्रदेश क्षेत्रिय कार्यसमिति प्रदेश (ख) का सभापति बिनोद कार्कीको अध्यतमामा सम्पन्न उक्त कार्यक्रममा पार्टि सचिब बिष्णु वस्नेत,कोषाध्यक्ष कुमार श्रेष्ठ महासमिति सदस्य निर्मला घिमिरे,धु्रवराज लामा, महाधिवेशन प्रतिनिधिहरु क्रमश अर्जुन केशी, भरत चौलागाँइ, बिनिता खड्का, प्रदेश ख का उमेद्वार जीत बहादुर थापामगर लगाएतले बोल्नु भएको थियो ।

त्यसैगरी पार्टि प्रवक्ता नारायण खड्का नेका रामेछापका पूर्व पदाधिकारी एबं खाँडादेवी गाउपालिकाका अध्यक्ष पदका उमेद्वार वेदराज लामा, रामेछाप– काठमाण्डौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष पूर्ण सुवेदी, नेविसंघ का पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, क्षेत्रिय सभापति उत्तम कार्की लगाएतले वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीले चालेको असंवैधानिक कदमका बिरोध गरेका थिए  ।

Share41Tweet26Share7

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२५ पुष २०७७, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२५ पुष २०७७, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२५ पुष २०७७, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२५ पुष २०७७, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ पुष २०७७, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero