Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ माघ २०७७, शनिबार
in राजनीति, समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter

   रामेछाप ३ माघ । नेपाली काँग्रेसले देशभरका ७ सय ५३ वटै पालिकामा शनिवार एकसाथ विरोध प्रदर्शन गरेको छ ।

वर्तमान सरकारका प्रधानमन्त्री के पी ओलीले चालेको असंबैधानिक कदमको विरोध गर्दै काँग्रेसले देशभरका सबै पालिकाहरुमा एकैसाथ बिरोध कार्यक्रमको आयोजना गरेको हो ।

यसै सन्दर्भमा रामेछाप जिल्लामा पनि ८ वटै पालिकाहरुमा पालिका स्तरीय विरोध सभाहरु सम्पन्न भएका छन् ।

मन्थली नगरपालिकामा पार्टि सचिब लेख बहादुक कार्की     रामेछाप नगरपालिकामा पार्टि कोषाध्यक्ष कुमार श्रेष्ठ, खाँडादेवी गाउपालिकामा नेपाली काँग्रेसका महासमिति सदस्य विर वहादुर तमाङ, गोकुल गंगा गाउपालिकामा पार्टि सभापति लवश्री न्यौपाने, उमाकुण्ड गाउपालिकामा पार्टि सचिव विष्णु बस्नेत,दोरम्वा गाउपालिकामा महासमिति सदस्य पूर्ण वहादुर तमाङ (कान्छाराम) सुनापति गाँउपालिकामा पूर्व पार्टि सभापति रामचन्द्र खड्का, लिखु तामाकोशी गाँउपालिकामा कृष्ण वहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रमहरू सम्पन्न भएका थिए ।

सबै पालिकामा केपी ओली विरुद्ध नारा लगाउदै बिरोध रयाली  पश्चात कोण सभा गरिएको थियो । मन्थली नगर सभापति केशव रोक्काको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा ने का  जिल्ला पार्टि सचिव एबं कार्यक्रमका प्रमुख अतिथि कार्की,नेपाल ट्रेड युनियन काग्रेस एबं वार्ड नं–१ का सभापति पूर्ण सुवेदी ,नेविसंघका क्षेत्रिय सभापति उत्तम कुमार कार्की, नेपाल महिला संघकी सभापति गंगा अधिकारी, काँग्रेस नेता नारायण बाेगटी,युवराज भट्टराई, लगाएतले वर्तमान प्रधानमन्त्री के पी ओलीले चालेको असंबैधानिक कदमको कडा आलोचना गरेका थिए ।

कार्यक्रमका अवसरमा भजन मार्फत समेत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीको विरोध गरिएको थियो ।

त्यसैगरी रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न बिरोध सभामा जिल्ला कोषाध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, उपप्रमुख सृजना खड्का, जिल्ला कार्य समिति सदस्य लाल वाहादुर तमाङ, भु पू सैनिक संघका अध्यक्ष टहल बहादुर कार्की, नेका जिल्ला कार्य समितिका आमन्त्रित सदस्यद्वय वद्री नयाँघरे र गौतम कुमार श्रेष्ठ,नेविसंघ उपाध्यक्ष शुसिल हरी वख्रेल,काँग्रेस नेता टिकाराम लामा लगाएतले सभामा सम्बोधन गरेका थिए ।  

त्यसैगरी खाडाँदेवी गाँउपालिका पालिका सभापति तेज राज घिसिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासमिति सदस्य एबं कार्यक्रमका प्रमुख अतिथि तामाङ,विशिष्ट अतिथिहरु धु्रव लामा, अर्जुन कुमार के शी, शरद तामाङ, तरुण पालिका संयोजक सन्दिप कार्की, नेपाल महिला संघ क्षेत्रिय सभापति राम कुमारी डाँगी, नेपाल विद्यार्थी संघ का जिल्ला उपाध्यक्ष प्रभाकर ढुंगेल लगाएतले सम्वोधन गर्दै ओलीको असंबैधानिक कदमको विरोध गरेका थिए ।

कार्यक्रमका अवसरमा एक जर्दन भन्दा वढि ब्यक्तिहरु अन्य पार्टि परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।

त्यस्तै उमाकुण्ड गाँउ पालिकाका पालिका सभापति हिक्मत सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेका जिल्ला सचिव एबं कार्यक्रमका प्रमुख अतिथि बस्नेत,नेपाली काँग्रेस का पूर्व उपसभापति झप्पड राज भण्डारी, नेकाका जिल्ला तथा स्थानीय नेताहरु नेताहरु क्रमश सुशिला आचार्य, अमृत वहादुर कार्की, हेमराज सुनुवार भरत खड्का, र देवेन्द्र कार्की लगाएतले ओलीको आलोचना गर्दै ओलिलाई सच्चिन आग्रह गरेका थिए । सो अवसरमा वर्तमान प्रधानमन्त्री ओलीको पुत्ला दहन समेत गरिएको थियो । 

त्यसैगरी लिखु तामाकोशी गाँउपालिकाका पालिका सभापति योगेश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त विरोध सभामां काँग्रेस रामेछापका माहाधिवेशन प्रतिनिधि एबं कार्यक्रमका प्रमुख अतिथि महत, काँग्रेस नेताहरु क्रमशः सुन्दर खड्का, पदम तमाङ,गणेश वोहोरा, मक्कर ध्वज खड्का, हरि खड्का, ने का क्षेत्रिय प्रदेश समिति प्रदेश (क) का सचिव निरज खड्का, तरुण दलका सचिब विरेन्द्र वोहोरा र नेविसंघका जिल्ला सचिब बिनोद वुढाथोकी लगाएत जिल्ला र स्थानीय स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

त्यस्तै गोकुलगंगा गाँउपालिकाका  सभापति जगत वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेका सभापति एबं  कार्यक्रमका प्रमुख अतिथि न्यौपाने, पूर्व माननिय आङ टावा शेर्पा, जिल्ला तथा स्थानीय नेताहरु क्रमश रामकृष्ण खड्का, दिपक खड्का, रमेश खड्का, सिताराम कार्की, नेविसंघका क्षेत्रिय सभापति धिरोज खत्री, तरुण नेता देवशंकर सुनुवार लगाएतले सभालाई सम्बोधन गरेका थिए ।

त्यसैगरी दोरम्बा गाँउपालिकाका सभापति लव वहादुर थापामरगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एबं संघिय उमेद्वार कान्छाराम  तमाङ, जिल्ला तथा स्थानीय नेताहरु क्रमश डिक वहादुर तमाङ, गौतम तमाङ, मान वहादुर तमाङ, र पदम तामाङ लगाएतले सम्बोधन गरेका थिए । सो अवसरमा विभिन्न पार्टि परित्याग गरी ४५ जना ब्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका थिए । 

सुनापति गाउपालिकाका सभापति वावुलाल योन्जनको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा ने का पूर्व सभापति एबं कार्यक्रमका प्रमुख अतिथि खड्का, जिल्ला उपसभापति जितेन्द्र मोक्तान,महाधिवेशन प्रतिनिधिहरु क्रमश भरत चौलागाँई, बिनिता खड्का, पार्टि प्रवक्ता नारायण बहादुर खड्का, प्रदेश ख उमेद्वार जित वहादुर मगर  काँग्रेस  नेताहरु क्रमशः केशव चालिसे,सुरेन्द्र घिसिङ, सकुन्तला त्रिपाठी, कमल चौलागाँई, बेन वहादुर मगर र रमेश कुमार घिसिङ लगाएतका बक्ताहरुले कार्यक्रममा सम्वोधन गरेका थिए । सो अवसरमा आधा दर्जन बढि ब्यक्तिहरु अन्य पार्टि परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । 

Share32Tweet20Share6

Related Posts

रामेछापबाट  रास्वपाका डा.बुढाथोकीले मारे बाजी
देश

रामेछापबाट रास्वपाका डा.बुढाथोकीले मारे बाजी

३ माघ २०७७, शनिबार
मन्थलीमा मत पत्र आइपुग्यो
समाचार

मन्थलीमा मत पत्र आइपुग्यो

३ माघ २०७७, शनिबार
त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते
समाचार

त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते

३ माघ २०७७, शनिबार
मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया
देश

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

३ माघ २०७७, शनिबार
हुलाक सेवा विभागकाे अन्तरकृया
समाचार

हुलाक सेवा विभागकाे अन्तरकृया

३ माघ २०७७, शनिबार
बलेरोको ठक्करबाट बालिकाको मृत्यू
विविध

बलेरोको ठक्करबाट बालिकाको मृत्यू

३ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.