१८ माघ, २०७५
रामेछाप– जिल्लाको सरकारी कार्यालयमा कार्यरत केही कर्मचारीहरु अनुपस्थित रहेको भेटिएको छ । बिहिबार राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय रामेछापको संयुक्त अनुगमनमा जिल्लाका २२ ओटा सरकारी कार्यालयका २३ जना कर्मचारीहरु कार्यालयमा नरहेको भेटिएको हो । यसरी अनुपस्थित हुने कार्मचारुमा केही कार्यालयका प्रमुख समेत रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । त्यसैगरी अनुगमन गरिएको कार्यालयमा कर्यरत ३६ जना कर्मचारीले कार्यालय पोशक र कर्मचारी परिचय पत्र समेत नलगाएको भेटिएको प्रजिअ शर्माले जानकारी दिनभयो ।
कार्यालय समय भित्र सेवाग्रहीको कामलाई समेत बेवास्त गर्दै कार्यस्थलमा नभेटिएका कर्मचारीलाई स्पष्टीकरण सोध्ने र नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने प्रजिअ शर्माले बताउनुभएको छ ।
यो बारेमा तपाईको प्रतिकृया