Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिनु यादवको अनसन ३ दिन देखि कायमै, माग पुरा नभए प्रशासनको ढोकामै मर्ने चेतावनी

नेपाल अभियान नेपाल अभियान
९ माघ २०८०, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ माघ । आफ्नो श्रीमान प्रदिप कठायतको मन्थलीमा रहेको घरमा बस्ने ब्यवस्था मिलाई दिन माग गर्दै आइतबार देखि जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेट अगाडि खुल्ला सडकमा आमरण अनसन सुरु गरेकी विनु यादवले माग पुरा नभए प्रशासनको गेट अगाडि मर्ने चेतावनी दिएकी छिन ।
अनसन तोडाउन रामेछापकी प्रजिअ अनिता निरौलाले आईतबार देखि मंगलवार सम्म निक्कै प्रयास गरेको भएपनि उक्त प्रयास सफल हुन सकेको छैन ।
यादब अनसनमा बसेको विषयलाई लिएर आइतवार देखिनै गृह मन्त्रालय,राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगको नियमित समेत सम्पर्कमा रहेकी प्रजिअ निरौलाले अनसन तोडाउनका जिल्लाका संघिय र प्रदेश सांसाद, सवै दलका प्रतिनिधि,संचारकमीर्, नागरिक समाजका प्रतिनिधि र मानब अधिकारकर्मी सहित सर्व पक्षिय वैठक समेत बोलाएर समाधानको उपायको वारेमा समेत छलफल चलाएकी थिइन ।
त्यति मात्र नभएर प्रजिअले सोमबार दिनभर विनु यादव र प्रदिप कठायत दुवैलाई राखेर समाधानमा आउनका लागि पटक पटक आग्रह गरेकी थिईन् ।
५ बष अघि विवाह गरेका यादव र कठायत एक आपसमा मिलेर वस्ने अबस्था नभएपछि जिल्ला अदालत रामेछापमा प्रदिप कठायतले हालेको सम्बन्ध बिच्छेदको मुद्दामा मानो चामल मासिक रुपमा भर्ने गरी जिल्ला अदातल रामेछापले सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।


तर उक्त फैसला विरुद्ध चित्त नबुझेपछि यादवले उच्च अदालत पाटनमा रामेछाप जिल्ला अदातलको फैसला उल्टाइपाउ भन्दै गरेको रिट दायरमा पुन माना चामल भर्ने गरी श्रीमान श्रीमति नै भएर बस्नुपने सम्बन्ध विच्छेद नहुने फैसला उच्च अदालतले गरेको थियो ।


अहिले यादव सोहि फैसला कार्यान्वयन हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनसन वसेकी हुन ।
यस अघि श्रीमान श्रीमतिको रुपमा घरमा बस्दा कहिले काका ससुरा त कहिले बुढा ससुराले यौन हिंसा गरको भन्दै पटक पटक सार्वजनिक अभिब्यक्ति दिने र उनीहरु बिरुद्ध मुद्धा हाल्ने, नन्द हरुको वारेमा नचाहिने र अनाबश्यक कुरा काट्दै हिड्ने गरेको कारण कठायत परिवरले आफ्नो घरमा पुनः राख्न सक्ने अबस्था नभएको र उच्च अदातलले गरेको फैसलाको बिरुद्ध सर्बोच्चमा कठायत परिवारले समेत मुद्धा हालेको र उक्त मुद्धा बिचाराधिन अबस्थामा रहेकोले यादवका श्रीमान प्रदिप कठायतले सर्वोच्चको फैसला नहुन्जेल आफुले मासिक रुपमा माना चामल भर्ने, घर बाहिर अन्यत्र कोठा खोजेर राख्ने तर घर मा भने नलाने अडान राखेपछि र यादव घरमै नगई नछाड्न््े अडान एक अर्काले तेस्र्याएपछि समस्या समाधान हुन नसकेको हो ।
यादवले आफ्नो श्रीमान प्रदिप कठायतको मन्थलीमा रहेको घरमा बस्ने ब्यवस्था नभए सम्म अनसन नतोड्ने बतएकी छिन् । कठायत परिवारले भने उच्च अदालत पाटनले गरेको आदेशको परिधि भित्र रहेर विनुलाई दिनु पर्ने सुविधा दिन भने आफुहरु तयार रहेको बताएको छ ।

सबैको राय सुझाब र स्थानीय जन प्रतिनिधि समेतको धारणा, अनि कानूनी आधार सहित गरेको निर्णयको पत्र सहित मंगलबार दिउँसो अनसन स्थलमा पुगेकी प्रमुख जिल्ला अधिकारीले गरेको लिखित अनुरोधलाई अस्वीकार गर्दै विनुले भने उक्त लिखित पत्र पुरा अध्ययननै नगरी च्यातेर फाल्दिएकी छिन् । उनले पति प्रदिप कठायतको घरमा पस्न पाउनु पर्ने मागको विकल्प नभएको जिकिर गर्दे आफनो अनसनलाई निरन्तरता दिने बताईन् ।
प्रजिअ निरौलाले विनुको माग र कानूनले प्राप्त अधिकारका आधारमा मंगलवार जिल्ला शुरक्षा समितिको बैठक पनि वोलाएकी थिईन् । गृह मन्त्रालय ,राष्ट्रिय महिला आयोग र मानब अधिकार आयोग समेतलाई बोधार्थ दिएर तयार पारेको आठ बुँदे निर्णय सहितको पत्र प्रजिअले यादवलाई हस्तान्तरण गर्नासाथ च्यातेर फाली दिएको प्रजिअ अनिता निरौलाले जानकारी दिइन् ।

Share34Tweet21Share6

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ माघ २०८०, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ माघ २०८०, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ माघ २०८०, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ माघ २०८०, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

९ माघ २०८०, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

९ माघ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero