मन्थली,२२ चैत्र । लिखु खोलामा डुबेर रामेछापका एक किशोरको ज्यान गएको छ । यसरी ज्यान जानेमा रामेछाप नगरपालिका वडा नं–४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठ रहेका छन् ।
बिहिबार दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिङले बताउनुभयो ।
उनीसँगै पौडी खेल्न गएका दुई जना किशोरहरु भने सकुशल रहेका छन् ।
। मृतक श्रेष्ठ रेणुका देवी माध्यामिक विद्यालयवाट हिमगंगा मावि साघुटारको केन्द्रवाट एसइई परीक्षा दिइरहेका परीक्षार्थी रहेको शिक्षा तथा समन्वय इकाई रामेछाप का प्रमुख नेत्र प्रसाद गजुरेलले वताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया