मन्थली (सिन्धुली,सुनकोसी) ९ पुष । मन्थली बाट काठमाण्डौ तर्फ जाँदै गरेको अरनिको वसले विपरित दिशावाट आइरहको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार १ जनाको घट्नास्थममै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यू भएको छ ।

रामेछापको मन्थली बाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा समितिको वसले काठमाण्डौ बाट खुर्कोट तर्फ जाँदै गरेको वा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार (पछाडि बस्ने) खोटाङ जिल्ला दिक्तेल नगारपालिका वडा नं १० रुपाकोटकी १८ बर्षिया मुना कला राईको घटनस्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।

खोटाङ जिल्ला तुवाचुङ न.पा वडा नं –२ का मोटसाइकल चालक कुमार राई को भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको सुनकोसी गाँउपालिका वडा नं–३ का वडा अध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नपा वडा नं– १३ फुलासीका २४ बर्षिय वस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक थप अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया