Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्राफिक नियम मिच्नेलाई जरिवना मात्र हैन, गाडी नै नियन्त्रणमा लिन्छौः ट्राफिक प्रमुख पाण्डे

नेपाल अभियान नेपाल अभियान
२ माघ २०७६, बिहीबार
in प्रहरी-प्रशासन
0
570
SHARES
Share on FacebookShare on Twitter

रामेछाप जिल्लामा ट्राफिक प्रमुखमा रामेश्वर पाण्डे भित्रिएसँगै ट्राफिक व्यवस्थापनमा केही नमूना कामहरु देखिन थालेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजारमा द्रुत गतिमा मनलाग्दी गाडी हुँईक्याउँदा धुलाम्मे हुने बजारक्षेत्रमा गति सिमित देखि एकतर्फी गाडी सञ्चालन लगयातका काम भएका छन् ।

यस अघि ट्राफिक नियम मिचेर सवारीसाधन र ढुवानीका साधन चलाउने चालक एवं सवारीधनीलाई ट्राफिकको नयाँ नियम मन नपरे पनि यात्रु र आम सर्वसाधरणलाई भने निकै मन परेको छ । ट्राफिक प्रमुख रामेश्वर पाण्डेले ट्राफिक व्यवस्थापनको एक हप्ते योजना सुनाउँदै भन्नुभयो– ‘हाम्रो काम भनेकै यात्रुको यात्रालाई सुरक्षित बनाउनु हो । चालकको लापरवाही, यात्रुको हेलचेक्रयाई, कमजोर ट्राफिक व्यवस्थापन लगायतका कारणले हुने दुर्घटनालाई कम गराउनु हाम्रो मुख्य जिम्मेवारी हो । यिनै कुरालाई मैले आफ्नो कामको प्राथमिकतामा राखेर काम गरेको छु । आफूले पाएको जिम्मेवारी र कानून कार्यान्वयन गराउन रातको १२ बजे भने पनि पाण्डे हाजिर हुनेछ ।’

त्यति मात्र हैन काम गर्दाका केही तिता अनुभव समेत सुनाउँदै ट्राफिक प्रमुख पाण्डेले भन्नुभयो– ‘यात्रुकै सुरक्षको लागि क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई रोकेर सोधखोज गर्दा यात्रुहरुनै पैसा नपुगेर राक्यो भन्नुहुन्छ । हामी त चाहान्छौं यात्रुको यात्र सुरक्षित होस तर उहाँहरु बुझ्नु हुन्न । तर पनि हामीले यात्रुहरुले त्यसो भन्नुभयो भन्दैमा आफ्नो जिम्मेवारीलाई छोडेका छैनौं ।’

सानो बजार अनि त्यसमाथी पनि दुई तर्फी गाडी गुडाउँदा पैदल यात्रुले भोग्दै आएको समस्या समधान हुनेगरी माग १ गते देखि वीपीचोक हुँदै आउने मोटरसाईकल र तीन पाङ्ग्रे अटो बाहेकका सावारीका साधन र ढुवानीका साधनलाई देवकोटाचोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै जाने सडकबाट संचालनमा ल्याइएको ट्राफिक प्रमुख पाण्डेले नेपाल अभियानलाई बताउनुभयो । मन्थली बजारको मोटरसाइकल पार्किङलाई व्यवस्थित गर्नको बजार क्षेत्रमा ‘एक साईड–एक हप्ते’ योजना रहेको उहाँको भनाई रहेको छ । ट्राफिक नियम मिचेर गाडी चलाउने चालकहरुलाई पटक–पटक जरिवना गर्दा समेत दुर्घटनामा न्यूनिकरण नभएकाले नियम उलंघन गर्नेलाई जरिवनासँगै सवारीका साधन र ढुवानीका साधनलाई एक दिन नियन्त्रणमा लिएर थप कारबाही गरिने अभियान सुरु भइसकेको पनि प्रमुख पाण्डेले जानकारी गराउनुभयो ।

जिल्लाका ग्रामिण क्षेत्रमा कम उमेरमा लाइसेन्स नलिई गाडी हाक्नेलाई ट्राफिक नियमभित्र ल्याउने, ठूला सवारीसाधनमा यात्रु कोचेर असुरक्षित यात्रा गराउने सवारीधनीलाई समेत कारबाहीको दायरामा ल्याउने गरी अर्को हप्तादेखि तत्काल ग्रामिण ट्राफिक व्यवस्थापनको योजना अगाडि बढाउने उहाँको भनाई रहेको छ । ट्राफिक व्यवस्थापनलाई थप मजबुद बनाउँदै सवारी दुर्घनालाई कम गराउनको लागि जिल्ला ट्राफिक कार्यालय रामेछापले राडारद्वारा गति मापन गरेर गति सिमित बनाउने र मेसिन मार्फतनै मापसे जाँच गर्ने यात्रालाई सुरक्षितमा ट्राफिक प्रहरी लागी परेको उहाँले बताउनुभयो ।

Share228Tweet143Share40

Related Posts

हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति
प्रहरी-प्रशासन

हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति

२ माघ २०७६, बिहीबार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

२ माघ २०७६, बिहीबार
तालिम सुरु
प्रहरी-प्रशासन

तालिम सुरु

२ माघ २०७६, बिहीबार
राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 
प्रहरी-प्रशासन

राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 

२ माघ २०७६, बिहीबार
चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, राहदानी सेवा अझै अवरुद्ध
प्रहरी-प्रशासन

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, राहदानी सेवा अझै अवरुद्ध

२ माघ २०७६, बिहीबार
सुशासन र शान्ति सुरक्षा मेरो प्रथमिकता –प्रजिअ निरौला
प्रदेश नं ३

सुशासन र शान्ति सुरक्षा मेरो प्रथमिकता –प्रजिअ निरौला

२ माघ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.