रामेछाप- चिनबाट सुरु भएको कोरोना भाइरस बिरुद्ध सचेत हुने अभियान तिब्र रुपमा चलिरहेको बेला भाइरसबाट बच्ने उपय सहित बागमती प्रदेश प्रहरीले पनि प्रदेशका विभिन्न जिल्लामा अभियान चलाएको छ ।
बागमी प्रदेशका निमित्त प्रहरी प्रमुख समेत रहनुभएका एसएसपी किशोर कुमार दाहाल उक्त अभियान लिएर बिहिबार रामेछाप आइपुग्नुभएको छ । उहाँ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गच कोरोना भाइरसबाट बच्ने उपाय, लागु पदार्थ दुब्र्यसनीको न्यूनिकरण, महिला हिंसा न्युनिकरण लगायतका जनचेतनामूलक कार्यक्रम लिएर रामेछाप आइपुग्नु भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एसएसपी दाहालले प्रहरीले समुदायमा गर्ने कामको बारमा जानकारी दिँदै सामुदायिक प्रहरी साझेदारी अन्तर्गत कस्ता कृयाकलापहरु पर्छन, कोरोना भाइर के हो ? कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा भिडियो सामाग्री प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कक्ष १२ मा अध्ययन गर्ने कुल बिद्यार्थीको ३३ प्रतिशत बिद्यार्थीहरु लागुपदार्थ दुब्र्यसनीमा फसेको भन्दै यसलाई रोकथापको उपाय साथै महिला हिंसा कसरी हुन्छ र रोकथामको लागि के गर्न सकिन्छ भन्ने सन्देश दिने प्रकारका बृत्त चित्रहरु समेत प्रदर्शन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रहरीले चलाएको अभियानले समाजमा भईरहेका विभेद र हिसां न्यूनिकरणमा सहयोग पुग्ने बताएका छन् । विभेद र हिसां अन्त्यका लागि समाजले अगुवाई गरेर अभियान चलाउनु पर्नेमा उनीहरुको जोड रहेको छ ।
कार्यक्रममा सुझाव एवं प्रतिक्रिया राख्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल र महिला अधिकारकर्मी गंगा कार्कीले प्रहरीका विभिन्न अभियानहरु गाउँ–गाउँमा लैजन जरुरी रहेको बताएका छन् । प्रहरीले स्थानीय नागरिकहरुलाई समेत सहभागि गराउने गरी स्थानीय तहका सबै तहहरुमा कार्यक्रम लान सके त्यसले सभ्य समाज निर्माणमा ठूलो सहयोग पुग्ने उनीहरुको भनाई रहेको छ ।
बागमती प्रदेशका अधिकांस जिल्लाहरुमा यस्ता कार्यक्रम भैसकेको र बाँकी जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक काभ्रे जिल्लामा पनि यस प्रकारको कार्यक्रम गरिने एसएसपी दाहलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया