Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तामाकोशीमा भिषण बाढि …………….. !

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०७९, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, समाज, स्वास्थ्य
0
378
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, जेठ ३१ । जेठ ३० गते राति परेको अबिरल बर्षादका कारण तामाकोशी नदिमा भिषण बाढि आउन सक्ने र त्यसका लागि सजग हुन नदि किनारमा बासोवास गर्ने मानिसहरुलाई प्रहरी द्धारा माइकिङ गरिन्छ ।
माइकिङ गरेको केहि समय नबित्दै तामाकोशी नदिमा आएको भिषण बाढिले ५ जना मान्छे सहित घर वगाएको सूचना प्रहरीलाई आउछ ।सूचना जिल्ला बिपद ब्यवस्थापन समितिमा पनि आउछ ।

खोज तथा उद्धारमा संम्लग्न नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली डुंगा लिएर खोज तलासमा निस्कन्छ , खोज्ने क्रममा टोलिले ३ जनालाई जिबितै उद्धार गरेर रेडक्रस कर्मीलाई जिम्मा लगाइन्छ ।

रेडक्रस कर्मीले डुवेका मानिसहरुलाई प्रथमिक उपचार गरी स्वास्थ्य केन्द्रमा पठाउछ, स्वास्थ्यमा लगेका ३ जना बिरामी मध्ये १ जनाको अबस्था गम्भीर भएपछि रेडक्रसकै एम्बुलेन्स मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइन्छ र सामान्य घाइते भएका २ जनालाई स्वास्थ्य संस्थामै उपचार पछि घर पठाइन्छ । उता हराइरहेका २ जनाको खोजि कार्य गर्ने क्रममा तामाकोशी नदि किनारमा लास फेला पर्छ ।

लासलाई पोष्ट मार्टम गर्न शब बहान मा मन्थली अस्पताल पठाइन्छ र मृतकका परिवारलाई प्रमुख जिल्ला अधिकारीले तत्काल १ लाख ५० हजार उपलब्ध गराउने घोषणा गर्नु हुन्छ ।
यी सबै मंगलबार जिल्ला बिपद ब्यवस्थापन समिति रामेछापले आयोजना गरेको बाढि पहिरोमा कसरी सजग रहने र खोज तथा उद्धार गर्ने भन्ने बारेमा गरिएको डेमो को कृयाकलापहरु हुन् ।

जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार पहाडिको अध्यक्षता एबं जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि थापाले यस्ता किसिमका चेतनामुलक कार्यक्रमहरु प्रत्येक गाँउपालिका र वडामा गर्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले सुरु हुन लागेको बर्षादको समयमा यस्तै खालका विपदहरु आइपर्न सक्ने भन्दै यो बेलामा सबै सजग रहन अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले बिपद ब्यवस्थापन समितिले हरेक बर्ष यस्तै किसिमका डेमोहरु सञ्चालन गरीरहेको र यस्ता डेमोले नागरिकहरुमा सचेतना फैलाउनुका साथै बर्षादको समयमा स्थानीय वासीहरुलाई सजगभ भएर रहन सहयोग गर्ने बताउनुभयो ।

Share151Tweet95Share26

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ जेष्ठ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ जेष्ठ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ जेष्ठ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ जेष्ठ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ जेष्ठ २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero