११ असार, २०७६
मन्थली- रामेछापमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सबै एक जुट भएका छन् । लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सदरमुकाम मन्थलीमा ¥यालीको आयोजना गरी लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धमा सबै एक जुट भएका हुन् ।
लागु औषध दुरुपयोग तथा ओसार पसारले समाजलाई नै बिगार्ने भएकाले त्यसको नियन्त्रणमा सबै लाग्नुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ ।
¥याली पछीको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले लागु औषध दुरुपयोग एवं ओसार पसारलाई जिल्लामा पूर्ण रुपमा नियन्त्रण गर्न सके समृद्ध जिल्ला बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहले समभ्य समाज निर्माणको लागि समाजमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्थलीको वीपीचोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै कटहरबोट पुगी देबकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा जिल्ला समन्वय समितिका प्रमुख, मन्थली नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सर्वसाधरण लगायतको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया