Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२०४८ साल देखिका भुमाफियालाई कारबाही गर्न खोज्द उल्टै गाली खानु पर्यो : मन्त्री अर्याल

नेपाल अभियान नेपाल अभियान
२६ बैशाख २०७६, बिहीबार
in संघ, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

२६ बैशाख, २०७६

रामेछाप– भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०४८ साल देखि नै सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तीको नाममा बनाउनेलाई खोजेर कारबाही गर्न खोज्दा उल्टै गाली खानु परेको दुखेसो ब्यक्त गर्नु भएको छ ।

बिहिबार रामेछापको नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले प्रधानमन्त्री निबास रहेको बालुवाटारको जग्गा २०४८ सालमा कृष्णप्रसाद भट्टर्राइ प्रधानमन्त्री हुँदा देखि नै अतिक्रमण सुरु भएको  र हाल आएर त्यसमा संलग्न व्यक्तिलाई पत्ता लगाई कारबाही गर्न खोज्दा समाज नै सरकार प्रति खनिएको बताउनुभएको हो ।

प्रधानमन्त्री निबासमा मात्रै नभएर देशै भरी अतिक्रमण गरी बिभिन्न व्यक्तिले कब्जामा लिएका जग्गा सरकारले खोजी गरिरहेको र त्यस्ता व्यक्ति भेटिए सरकारले कुनै पनि हालतमा कारबाहि गरेरै छोड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नापी तथा मालपोत कार्यालयमा सेवा लिन आउने सर्वसाधरणलाई सेवामा छिटो, छरितो र नागरिक मैत्री बनाउनु यो सरकारको लागि चुनौती रहेको र यस्ता चुनौतीलाई तोड्ने गरी  सरकार लागेको पनि उहाँले बताउनु भयो ।

लेखापढि व्यवसायिहरुको कारण मालपोत र नापीमा आउने सेवाग्रहीहरुले सहज रुपमा सेवा लिन नसकेको कुरा स्मरण गर्दै मन्त्री अर्यालले सहयोग गर्न चहाने व्यवसायिहरुले कार्यालय परिसर बाहिरै बसेर सहयोग गरिदिन आग्रह समेत गर्नुभयो । आधुनिक प्रबिधिबाट जनतालाई सेवा दिने गरी काम गर्न सरकार लागि परेको बताउदै भूमि व्यवस्था मन्त्री अर्यालले देशैभरी नापी नक्सामा समस्या रहेकाले सबै ठाउँमा पुनःनापी गरी भू–उपयोगी नक्सा तयार गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

नापी विभागका महानिर्देशक प्रकाश जोसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्तेत र प्रमुख जिल्ला अधिकारी लिलाकुमारी के.सी. पाण्डेले जिल्लाको समग्र अबस्था र भुमि सम्बन्धि समस्याका बारेमा बोल्नु भएको थियो ।  थापा निर्माण सेवाले एक वर्ष अघि निर्माण गरेको उक्त भवन ४ करोड २ लाख ८६ हजारको लागतमा निर्माण भएको नापी कार्यालयका प्रमुख इश्वरी प्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

Share47Tweet13Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ बैशाख २०७६, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२६ बैशाख २०७६, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ बैशाख २०७६, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२६ बैशाख २०७६, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२६ बैशाख २०७६, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२६ बैशाख २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero