![](https://nepalabhiyan.com/wp-content/uploads/2023/06/8-1024x480.jpg)
मन्थली, ६ असार । नवौ अन्तराष्ट्रिय योग दिवस आज मन्थलीमा विबिध कार्यक्रमको अयोजना गरि मनाइएको छ ।
सो अबसरमा विहान प्रभातफेरी गरिनुका साथै प्रवचन र योगाभ्यास समेत गरिएको थियो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2023/06/3-1024x480.jpg)
जिल्ला स्तरीय मूल समारोह समितिकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्ने अधिकांस वक्ताहरुले योगअभ्यासको फाइदा र महत्वका वारेमा चर्चा गरेका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मन्थली बाट योग सम्बन्धि विभिन्न नारा सहितको प्लेकार्ड वोकेर बाट सुरु भएको रयालीले मन्थली बजारका बिभिन्न चोकहरु परिक्रमा गरी व्रम्हाकुमारी राज योग सेवा केन्द्र मन्थलीमा पुगेर अन्य कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2023/06/jilla-ayarubed--844x1024.jpg)
कार्यक्रमका अबसरमा जिल्ला आयुर्वेदकी डाक्टरले योगाभ्यासका बिभिन्न चरहणहरुको प्रदर्शनी गर्नु भएको थियो ।
कार्यक्रमका अवसमार बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले मानिस निरोगी रहन योगाभ्यास गर्नु पर्ने भन्दै रोग लागेर उपचार गर्नु भन्दा नियमित ब्यायाम, योगअभ्यास गर्न सके मानिसहरु निरोगी हुने बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया