मन्थली,१४ चैत्र । रामेछापमा यहि वैशाख ६ गतेदेखि ८ गते सम्म तीन दिने चलचित्र महोत्सव हुने भएको छ । जिल्लामा पहिलो पटक यस्तो महोत्सव हुन लागेको हो ।
जिल्लाको पुरानो सदरमुकाम रामेछाप वजारमा हुन लागेको उक्त महोत्सवले स्थानीय पर्यटन प्रबद्र्धन गराउनुका साथै मानिसहरुलाई चलचित्र हेर्ने रुचि अभिबृद्धि गराउने उद्ेश्य रहेको आयोजक संस्था सेलीव्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताउनुभयो ।
उहाले जिल्लाको स्थानीय परिवेश, गाउँ–ठाउँ, रीतिरिवाज, परम्परा, कथा वस्तु र चलचित्रको माध्यमद्वारा प्रचार प्रसार गर्ने उदेश्य का साथ महोत्सव आयोजना गर्न लागेको बतउनुभयो ।
बुधवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष सापकोटाले यहि बैशाख ६ देखि ८ गते सम्म तीन दिन रामेछाप नगरपालिकाको वडा नं–८ मा करिव २४ वटा नेपाली चलचित्रहरूको निःशुल्क प्रदर्शनी गरिने र उक्त प्रदर्शनी पछि चलचित्रकर्मी हरुसंग छलफल एवं साक्षात्कार गर्ने गरी महोत्सव गर्न लागेको पनि वताउनुभयो ।
‘कलाकारहरूले भोलिका दिनमा रामेछाप आएर कसरी सुटिङ गर्न सक्छन भनेर पनि हामीले विशेष छलफल गर्छौ । गाउँले परिवेशमा निर्माण हुने चलचित्र कै बारेमा महोत्सवमा ब्यापक अन्तरकृया र छलफल समेत हुने वताइएको छ ।
सापकोटाका अनुसार– महोत्सवमा देखाइने चलचित्रहरूका कलाकारहरू पनि यहाँ आएर दर्शकहरूसँग साक्षात्कार गर्ने छन् । कुन–कुन कलाकार आउने भन्ने बारेमा अहिले नै टुङ्गो लागेको छैन सकभर जुन जुन चलचित्र देखाँउछौ त्यसमा खेल्ने कालाकारहरु नै ल्याउने तयारी छ ।
महोत्सवमा यस अघि सिनेमा हलमा प्रदर्शन गरिएका र नगरिएका चलचित्रहरू सहित विभिन्न जातजाति, भाषाभाषि र समुदाय विशेषलाई आधार मानेर ‘गाउँले परिवेश’मा बनाइएका चलचित्र, एबं छोटा टेलि फिल्महरू महोत्सवमा देखाइने कार्यक्रम रहेको छ ।
‘यो महोत्सवमा कलाकारहरू सहित कथाकार, निर्देशक लगायत चलचित्र बनाउनेहरुनै आउने भएको ले यस महोत्सवलाई निकै महत्वका साथ हेरिएको छ । उद्घाटनको दिन स्थानीय झाकीहरु समेत प्रदर्शन गर्ने तयारी रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया