
मन्थली, १२ साउन । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं–६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीहरुको को परिवारलाई प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ्गले राहत रकम उपलब्ध गराउनु भएको छ ।
मृतकका परिवारलाई आवश्यक सामग्रीहरु तत्काल खरिद गर्न सहयोग पुर्याउने उदेश्यले तामाङ्गले प्रति परिवार १० हजारका दरले नगद सहयोग गर्नु भएको हो । गएको बिहिबार राती स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुर्दा ३ जना किशोरीको ज्यान गएको थियो । यसरी ज्यान जानेहरुमा मृत्यु हुनेहरुमा १८ बर्षकी सिता तामाङ्ग, १५ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका थिए ।
सांसद तामाङ्गले मृतकका आफन्तहरु बिमान तामाङ, पदम तामाङ्ग र पेमा तामाङ्गलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । पिडित परिवारले आफुहरुको बसोबास सुरक्षित स्थानतर्फ सर्नु पर्ने भएकाले बिद्युत लगायतको सुविधा व्यबस्थापनका लागि सांसद तामाङ्गसंग अनुरोध गरेका थिए ।
उक्त वडाका वडा अध्यक्ष चन्द्र सुनुवारले पिडित तथा बिस्तापित परिवारको व्यबस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया