मन्थली १६ पुष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले रामेछाप काँग्रेसमा कुनैपनि विवाद नभएको बताउनुभएको छ ।
सो कुरा मंगलवार नेपाल प्रेस यूनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका अबसरमा बताउनुभएको हो ।
उहाले काम गर्ने क्रममा भुलवस केहि कमी कमजोरी जो सुकैले गरेको भएपनि त्यसलाई सच्याएर जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले आफु राज्य मन्त्री रहुन्जेल जिल्लाको विकास गरिरहने भन्दै रामेछाप काँग्रेसलाई मिलाएर लैजाने बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेसका निवर्तमान पार्टि सभापति रामचन्द्र खड्काले नेपाली कँग्रेस को नेतृत्वले विभिन्न काम गर्ने क्रममा एकलौटी ढंगवाट गरेकोले आन्तरिक असहमति बढेको भन्दै यस्ता कमी कमजोरीहरु नगरे मिलेर जाने कुरामा कुनै समस्या नहुने बताउनुभयो ।
प्रेस यूनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा सहभागि पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ पनि कार्यक्रमका प्रमुख अतिथि अमात्यले दिनुभएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया