मन्थली,८ फागुन । छिमेक लघुवित्त वित्तिय संस्थाले प्रजातन्त्र दिवसको अवसर पारेर ७ औं ग्राहक सदस्य गुनासो सुनुवाइ (इकाइ भेला) कार्यक्रम मन्थलीमा सम्पन्न गरेको छ ।
शाखा प्रबन्धक लक्ष्मण शाहको अध्यक्षता एबं छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडका लेखा तथा बित्त विभागका विभागिय प्रमुख उत्तमराज कट्टेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख कट्टेलले लघुवित्तले ग्रामिण तथा अन्य क्षेत्रमा गरिवी निवारण र आय आर्जनको क्षेत्रमा नागरिकहरूलाई सबल बनाउने उद्देश्यले काम गरेको तर लघुवित सदस्यहरुले जुन उदेश्यले कर्जा लैजानुहुन्छ त्यो अनुरुप पैसाको प्रयोग र सदुपयोग नगरिदिँदा समस्या उत्पन्न भएको बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया