
रामेछाप, २४ बैशाख । नेपाली काँग्रेस का नेता एबं राष्ट्रिय सभा सदस्य , पूर्व उप प्रधान एबं गृह मन्त्री कृष्ण प्रसाद सिटाैलाले वर्तमान गठबन्धन सरकार ढल्ने वारेमा अाएकाे हल्ला खल्ला निराधार रहेकाे बताउनुभएकाे छ । उहाले अहिले काँग्रेस र एकालेकाे सरकार ढल्ने वारेका नमरात्मक हल्लाहरू वजारमा आईरहेकाेले त्यसकाे पछि नलाग्न कार्यकर्ता हरूलाई आग्रह गर्नुभयाे ।
साे कुरा उहाले नेपाली कांँग्रेस रामेछाप नगर समितिले रामेछाप वजारमा बुधबार अायाेजना गरेकाे दाेस्रेा नगर सम्मेलनकाे उद्घाटन गर्दै बताउनुभएकाे हाे । उहाले विगतकाे तुलनामा देश बिकास तिव्रगतिमा भएकाे भएपनि त्याे भने पर्याप्त नभएकाे बताउनुभयाे ।रामेछाप नगर समितिका अध्यक्ष कमल बहादुर कार्किकाे अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा, नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शिव हुमागाँई, रामेछाप काङ्ग्रेस का कार्यबाहक सभापति लेख बहादुर कार्की सचिव दिपक खड्का लगाएतले बाेल्नु भएकाे िथयाे ।
त्यस अघि नेपाली काङ्ग्रेस रामेछापले मन्थलीमा अायाेजना गरेकाे कार्यकर्ता भेटघाटका अवसरमा पुर्व मन्त्री िसटाैलाले अब हुने २०८४ काे निर्वाचनमा सबैतिर काङ्ग्रेस ले जित्ने गरि लाग्न अाग्रह गर्नुभयाे ।












यो बारेमा तपाईको प्रतिकृया