मन्थली २४ साउन । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं –४ को पुछिघाट नजिक लुहाड भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चलकको मृत्यू भएको छ ।

सोही वडाकै त्रिवेणी नजिक चलिरहेको साइट मा सामान पुर्याएर फर्कदै गरेको ना ६ त ९५९१ नं को ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा सोही वडा अन्दाजी २५ बर्षिय दिनेश माझी रहेको प्रत्यक्षदर्शी स्थानीय शिक्षक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार– “अन्दाजी १५ बर्षिय घाइते सह–चालक विवेक माझीलाई मन्थली मा उपचारका लागि ल्याइएको छ । मध्यपहाडी लोकमार्गको साइडमा काम गर्ने क्रममा त्रिवेणी नजिकैको साइडमा डोजरको वकेट पुर्याएर क्याम्पमा फर्कदै गरेको अबस्थामा उक्त दुर्घटना भएको हो ।”
सडक वाट करिब १० मिटर मात्र तल झरेपनि चालक माझीको भने घट्नास्थमै मृत्यु भएको थियो । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख भोला प्रसाद भट्टले जानकारी दिनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया