मन्थली,१६ जेठ । रामेछापको लिखु तामाकोशी गाँउपालिले वडा नं ६ मा रहेको श्री माध्यामिक विद्यालय ज्यामिरेखानीमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू मध्येबाट बाल प्रतिभा पहिचाहन कार्यक्रम सम्पन्न गरेको छ ।
गणतन्त्र दिवसको अबसरमा शुक्रवार आयोजित उक्त कार्यक्रममा पहिचाहन भएका दलित,गरिब एबं जेहेन्दार २४ जना विद्यार्थीहरुलाई नगद सहित विद्यालय सामग्री उपलब्ध गराइएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर थापामगरको अध्यक्षता एबं वडा अध्यक्ष शिव न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
साे विद्यालयमा रेष्ट नामाक संस्थाले पनि हरेक वर्ष बालिकाहरूलाइ पठन पाठनका लागि बिभिन्न सहयाेग गर्दै अाइरहेकाे छ ।
छनौट भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि न्यौपाने,कार्यक्रमका विशेष अतिथिका रुपमा रहनु भएका विद्यालय ब्यवस्थापन समितिका पूर्ब अध्यक्ष एबं नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठ,रेष्ट नेपालका जिल्ला संयाेजक उमेश नेपाल लगाएते सहयाेग सामग्री हस्तान्तरण गर्नु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया