Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

योग शिक्षा आबश्यक: नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
७ असार २०७६, शनिबार
in समाचार, समाज
0
175
SHARES
Share on FacebookShare on Twitter

७ असार, २०७६

मन्थली– मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले शरिरलाई स्वस्थ राख्न सधै योगाभ्यास गर्नुपर्ने बताउनु भएको छ ।  शुक्रबार पाँचौँ अन्तराष्ट्रिय योग दिवसको समापन कार्यक्रममा बोल्दै उहाँले मानव जीवनमा सकारात्मक परिवर्तनका लागि योग शिक्षा सँगै स्वस्थ रहन योगाभ्यास अत्याबश्क हुने बताउनुभएको हो । उहाँले गाउँ टोल सम्म नैतिक मुल्यमा आधारित शिक्षा र योगको बारेमा जनमानसमा जागरण ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले बर्तमान समयमा तनाबग्रस्त एवं सामाजिक विसंगतिपूर्ण गतिविधिले समाजमा दैनिक रुपमा कुरीति, आत्महत्या जस्ता क्रियाकलाप बढ्दै गएकोले योग, ध्यान र मूल्य मान्यतामा आधारित शिक्षा ग्रामीण भेग सम्म पु¥याउन सकेमा त्यस्ता समस्याको न्यूनीकरण हुने  बताउनुभयो । नियमित योग, ध्यानको अभ्यासले मानिसको आत्मबल बढ्नुका साथै सकरात्मक सोचका प्रभाबले वातावरण संरक्षणमा समेत सहयोग पुग्ने पनि उहाँको भनाई रहेको छ ।

कार्यक्रमका अबसरमा ब्रह्माकुमार भरतकुमार श्रेष्ठले मानव जीवनमा योगको महत्वको बारेमा प्रबचन दिनुभएको थियो । त्यस्तै आयुर्वेद चिकित्सक निरज खतिवडाले शारीरिक र मानसिक स्वास्थ्यको लागि योग अनिवार्य रहेको बताउनुभयो । त्यसैगरी ब्रह्माकुमारी सीताले ब्यक्तिको आहार, विहार, विचार र ब्यवहारमा सुधार गरी दैनिक योग अभ्यास गर्नाले स्वास्थ्यमा सकरात्मक प्रभाब पर्ने बताउनुभयो । 

उक्त कार्यक्रममा मन्थली मा.वि.का प्रधानाध्यापक टंक प्रसाद दाहालले गत बर्षदेखि मन्थली माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई नियमित राजयोगको अभ्यास गराइ रहेको तथा समय समयमा नैतिक मूल्यमा आधारित शिक्षा प्रदान गर्ने गरिएकोले  विद्यार्थीहरुको आचरण र अनुशासनमा निकै सुधार आएको उल्लेख गर्नु भयो । उहाँले यस बर्षदेखि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रसँग समन्वय गरी साप्ताहिक रुपमा नैतिक मूल्य शिक्षाको ‘टच द लाइट’ कार्यक्रम कक्षा ६ देखि प्रारम्भ गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा मन्थली नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी, प्रहरी नायब उपरिक्षक सन्तोष कुमार भट्टराई, पतञ्जली योग समितिका अध्यक्ष रामहरी सुबेदी,  लगाएतको सहभागिता रहेको थियो । पाँचौ अन्तराष्ट्रिय योग दिबस जिल्ला समारोह समितिको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

तिन सम्म चलेको शिविरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मन्थली मा.वि.को मिडिया हलमा विद्यार्थीहरुको लागि योग शिक्षाको कार्यक्रम समेत गरेको थियो ।

Share102Tweet31Share9

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ असार २०७६, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ असार २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ असार २०७६, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ असार २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ असार २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

७ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero