Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दिपशिखा ब्वाइजले सोमबारबाट करम्बोटमाखुल्ला फुटवल प्रतियोगिता गर्ने

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०७९, आईतवार
in खेलकुद, स्थानीय सरकार
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९असोज । खेलकुद गतिविधि मार्फत आफनो छुट्टै पहिचान बनाएको दिपशिखा व्याईज युनाईटेड क्लब मन्थलीले विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर दोश्रो रामेछाप कपखुल्लापुरुष फुटवल प्रतियोगिता संचालनगर्ने भएको छ । उसले शनिबार स्थानिय फ्रिडम रिसोटमा पत्रकार सम्मेलनको आयोजना गरि यहि असोज १० गते देखी १५ गते सम्म आफनै खेल मैदानमा दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता संचालनगर्न लागेकोछ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भब्य समारोहका विच उद्घघाटन गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाको सर्वाधिक पुरस्कार राशिका ेउक्तप्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रपाउने छ । प्रतियोगितामा द्धितिय हुने टिमलाई २ लाख २ हजार, तृतिय हुने टिमलाई १ लाख १ हजार र प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने टीमलाई २५ हजार पुरस्कारको व्यवस्थागरिएको छ । छ । त्यसको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको पनि आयोजकले जनाएको छ ।

क्लबको आफ्नै फुटबल मैदान करमबोटमा आयोजनागर्न लागेको उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र बाह्यजिल्लाका खेलाडी सहित १५ टिमको सहभागिता रहने जानकारी क्लबका अध्यक्ष आशिष कार्कीले गराएका छन् ।
११ बर्ष अघि स्थापनाभएको उक्तक्लबले नक आउट आधारमा संचालनहुने प्रतियोगितामा कतिपय टिमले बाह्यजिल्ला र विदेशी खेलाडि समेत समावेश गराउन लागेका छन् । प्रतियोगिताको लागि टाइसिट निर्माण लगाएतका सम्पूर्ण तयारी पुरा भएको पनिक्लबले जनाएको छ । आफना पदाधिकारी र सल्लाहकार समिति समेतको रोहबरमा उसले खेललाई मर्यादितबनाउनकालागि आबश्यक सबै तयारी भैसकेको समेत जनाएको छ ।

मन्थली नगरपालिकाको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हुन लागको उक्त प्रतियोगिता संचालनकालागि २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान गरिएको भएपनिअहिले सम्म १५ लाख रुपैयाँको मात्रश्रोत सुनिश्चित भएको पनि आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा करिब २५ सय दर्शकले सहभागिता जनाउने अनुमान पनि कल्बले गरेको छ । खेलकुद प्रतियोगिताकालागि गोल नेपाल, स्थानिय रेडिया तथा अनलाईन र पत्रपत्रिकाहरुलाई मिडिया पाटनरका रुपमा सहभागि गराईने छ ।

Share10Tweet7Share2

Related Posts

विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै
खेलकुद

विविध कार्यक्रमका साथ संविधान दिवस मनाइदै

९ आश्विन २०७९, आईतवार
समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो
समाचार

समाचारको प्रभाव,मुल्य बृद्धि सम्बन्धि समाचार प्रकाशन र प्रसारण भएपछि जिल्ला प्रशासन र मन्थली नगरपालिकाले लियो चासो

९ आश्विन २०७९, आईतवार
तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन
समाचार

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

९ आश्विन २०७९, आईतवार
रामेछापमा पनि धान दिवस मनाइयो
विविध

रामेछापमा पनि धान दिवस मनाइयो

९ आश्विन २०७९, आईतवार
मुगिटार माविको प्रथम स्मारिका विमोचन 
शिक्षा

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

९ आश्विन २०७९, आईतवार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

९ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.