Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विटार पार्कमा धरहरा र सेल्फि टावर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ पुष २०७७, शनिबार
in पर्यटन, समाचार
0
83
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ पुष, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं–८ स्थित विटार पार्कमा नव निर्मित मिनि धरहरा र सेल्फि टावरको शनिवार एक कार्यक्रमका साथ उद्घाटन सहित हस्तान्तरण गरिएको छ ।

नेशनल विडिङ्ग फार्म ले मिनि धरहरा निर्माण गरेको थियो भने सेल्फि टावर नेपाली काग्रेसका नेता भरत प्रसाद चौलागाँइको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको थियो ।   

नवनिर्मित मिनि धरहराको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर वहादुर थापामगरले गर्नु भएको थियो र सेल्फि टावरको उद्घाटन नेपाली काँग्रेस रामेछापका नेता रामचन्द्र खड्का र रामेछाप नगरपालिकाका नगर प्रमुखले संयुक्त रुपमा गर्नु भएको थियो ।

सो फार्मका सञ्चालक रुद्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले  बिटार पार्कमा निर्मित ऐतिहासिक धरहरा र सेल्फि टावरका सहयोगि हातहरूप्रति आभार प्रकट गर्दै उक्त दुई वटा संरचना सँगै सिंगो पार्कको  दीगो विकासका लागि रामेछाप नगरपालिकाले आबश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले नगरपालिकाले पार्कको मूल ढोका सँगै कम्पाउण्ड घेर्ने काम गरिसकेको र तत्काल पार्कको गुरु योजना निर्माण गर्नका लागि नगर कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेको बताउनुभयो । उहाले पार्क निर्माणका क्रममा सहयोग गर्ने रामस स्थानीय, बिटार पार्क संरक्षण समिति  समेतलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा बोल्दै सो कार्यक्रमका बिशिष्ट अतिथि एबं मन्थली नगरापलिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले   रामेछापका सहयोगी मनहरू (रासम) द्वारा शुरुवात गरिएको बिटार पार्क  निर्माण कार्यमा बिभिन्न संरचनाहरु निर्माण हुने क्रममा मिनि धरहरा र सेल्फि टावरले  मन्थली र रामेछाप नगरपालिका मात्र नभएर जिल्लाको पर्यटकीय स्थलको रुपमा पहिचाहन छाड्ने भएकोले यसको दीर्घकालिन बिकासलाई मन्थली नगरपालिकाले पनि सहायोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले पनि पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गएको बिटार पार्कमा निर्माण भएका संरचनाहरुले पार्कको सौन्दर्यता  बृद्धि गरेको भन्दै अझै यसलाई ब्यवस्थित गर्नु पर्ने कुरालाई जोड दिनुभयो ।

कार्यक्रममा ने का रामेछापका पूर्व पार्टि सभापति रामचन्द्र खड्का, समाजसेवी एबं नेपाली काँग्रेसका नेता भरत प्रसाद चौतलागाँई,रामेछाप नगरपालिका वडा नं–८ का वडा अध्यक्ष केदार कार्की, पत्रकार महासंघ बागमति प्रदेशका सदस्य बद्री नयाँघरे लगाएतले विटार पार्क को प्रसंशा गर्दै अरु संरचनाहरु पनि निर्माणहुन जरुरी रहेको बताउनुभयो ।  

 कार्यक्रमका अवसरमा नव निर्मित संरचना सहित पार्कको साँचो बिटार पार्क ब्यवस्थापन समितिका उपाध्यक्ष हरिश्चन्द्र घिमिरेलाई हस्तान्तरण गरिएको थियो । 

Share33Tweet21Share6

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२५ पुष २०७७, शनिबार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

२५ पुष २०७७, शनिबार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

२५ पुष २०७७, शनिबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

२५ पुष २०७७, शनिबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२५ पुष २०७७, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२५ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.