Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जुनारमा लाग्ने रोग किरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
२३ जेष्ठ २०८०, मंगलवार
in विविध, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२३ जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापले मंगलावर फल कुहाउने औँसा किरा र सिट्रस ग्रिनिङ रोगको नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धि सचेतनामुलक कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।
“सुन्तला जात फलफुलको ब्यवसायीकरण र वजारीकरणको विस्तार, रामेछाप जिल्लको युवारोजगारी र आर्थिक बृद्धिको आधार”,भन्ने मूल नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा भएको थियो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मन्थलीले मन्थली र रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रमा जुनार कृषक,जनप्रतिनिधि सरोकारवाला निकायलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका अवसरमा बोल्दै रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले जुनार रामेछाप नगरपालिकाको धेरै कृषकहरूको रोजी रोटीसँग जोडिएकाले यसको खेती विस्तार गर्नुपर्छ भनेर नगरपालिका लागि परेको बताउनुभयो ।
उहाँले नगरपालिका भित्रका जुनार उत्पादन हुने क्षेत्रलाई जुनार जोनका रूपमा विकास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मन्थलीले काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको वताउनुभयो ।
जुनार जोन क्षेत्रमा परियोजनाले सञ्चालन गर्ने कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि स्थानीय जनप्रतिनिधिहरूसँग अझै समन्वय बढाउन आवश्यक रहेको उहाको भनाई छ ।
नगर प्रमुख न्यौपाने किसानको सम्मान र किसानले उत्पादन गरेको कृषि उपजहरूले उचित मूल्य अझै पाउन नसक्दा किसानहरू दिन प्रतिदिन निराश बन्दै गएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एबं जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाले परियोजनाले जुनारमा लाग्ने औँसा किरा नियन्त्रणमा ठुलो भूमिका खेलेको बताउनुभयो । परियोजनाको कामलाई अझै प्रभावकारी बनाउनका लागि स्थानीय सरकार लगायत सरोकारवाला निकायका बिचमा अझै समन्वय आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा परियोजना एकाइ मन्थली रामेछापका प्रमुख थिरलाल गैरेले रामेछाप जिल्लामा एक लाख २२ हजार १ सय ६ वटा राम्रो फल दिने जुनारको बोटमा फलेका वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी मूल्यको जुनार अहिले निर्यात भइरहेको बताउनुभयो । उहाँले अहिले मन्थली नगरपालिका र रामेछाप नगरपालिका भित्रका धेरै नागरिकहरूको मुख्य आम्दानीको स्रोत जुनार रहेकाले यसको उत्पादन बढाउनका लागि परियोजनाले स्थानीय सरकारकारसँग आवश्यक समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी जुनार कृषकहरूले चार पाँच वर्ष अगाडी सम्म औँसा किराका कारण ९० प्रतिशत जुनारको फल झर्दा आफूहरू ठुलो मर्कामा परेको बताएका थिए । अहिले प्रोटिन वेट भन्ने औषधीको प्रयोग पछि जुनारमा लाग्ने औँसा किरा पूर्ण रूपमा नियन्त्रण नभए पनि कम क्षति भइरहेको उनीहरूको भनाइ छ । जुनार किसानका अनुसार अझै जुनार बगैँचाका २ प्रतिशत जुनार औँसा किराले क्षति गरिरहेको छ ।
कार्यक्रमका अवसरमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले अमिलो जातको फलफूलमा लाग्ने सिट्रस ग्रिनिङ रोग, सिट्रस सिल्ला कीराको पहिचान र व्यवस्थापनका बारेमा जानकारी गराउनुभएको थियो ।
परियोजनाले जिल्लाको बिभिन्न पालिकाहरुमा जुनारका अलावा वाख्रा जोन र आलु जोनको क्षेत्रमा पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

Share18Tweet11Share3

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२३ जेष्ठ २०८०, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२३ जेष्ठ २०८०, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२३ जेष्ठ २०८०, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२३ जेष्ठ २०८०, मंगलवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२३ जेष्ठ २०८०, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२३ जेष्ठ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero