Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सँस्कृत मावि वावियाखर्कले असहाय वालवालिकाको अविभावकत्व लिने

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०८१, शनिबार
in विविध, समाचार, समाज
0
163
SHARES
Share on FacebookShare on Twitter


मन्थली २९ बैशाख । जिल्लाको एक मात्र सँस्कृत मावि वावियाखर्कले असाहाय र विपन्न वालवालिकाको अविभावकत्व लिने घोषणा गरेको छ । विद्यालयले शुक्रबार आफनो ६५ आंै बार्षिक उत्सबका अवसर पारेर उक्त कुराको घोषणा गरेको हो ।


विद्यालयको वार्षिक उत्सबका अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले विद्यालयले विगत ३ बर्ष देखि गुरुकुल शिक्षा अन्र्तगत नियमित विद्यार्थीहरु बाहेक ६ जना वालवालिकालाई आवासिय र निःशुल्क रुपमा कर्मकाण्ड विषयको पठन पाठन गराउँदै आएकोमा यसै आर्थिक वर्ष बाट लागु हुने गरी जिल्लाको कुनै पनि ठाउँका असाहाय र टुहुरा वाल वालिकाको अविभाबकत्व ग्रहण गर्दै निःशुल्क र आवासिय शिक्षा दिने निर्णय भएको बताउनुभएको छ।


घिमिरे ले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदनमा यस अघि विद्यालयले रामेछाप नगरपालिका र विभिन्न दातृ र सहयोगी मनहरुको समेत आर्थिक सहयोगमा आवास सहित नगद २५लाख रुपैयाँको अक्षयकोष खडा गरी उक्त कोष आउने ब्याजले आवासिय सेवा संचालन गर्र्र्दै आएको पनि उल्लेख गरिएको छ ।


यस बाहेक आगामी आ.व. अर्थात असार बाट लागु हुने अविभावक विहिन अवस्थामा वेसहरा भएर बसेका वाल वालिकाहरुको लागि पनि स्थानीय सरकारको सिफारीसमा थप कोषको ब्यवस्थापन गरी उनिहरुका लागि आवास सहितको पठन पाठनको काम थालनी गर्ने निर्णय ब्यवस्थापन समितिले गरेको जानकारी पनि प्रअले गराउनुभएको थियो ।
त्यस खालको वाल वलिका सम्पर्कमा आए जानकारी गराउन पनि प्र अ घिमिरेले सरोकार सबै संग आग्रह गर्नु भएको छ ।


उक्त बार्षिक उत्सबको उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गर्नुभएको थियो । सो अवसरमा बोल्दे उहाँले शारदा संस्कृत मावि आफु अध्ययन गरेको विद्यालय भएकोले विद्यालयको हितका लागि नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि न्यौपानेले विद्यालयका संस्थापक र अग्रज हरुको योगदानका कारण विद्यालय यो ठाउँमा आई पुगेको बताउदै त्यसका लागि उहाँहरुलाई धन्यवाद दिनुभयो ।


उहाले विद्यालको हितका लागि जग्गा दिने दाताहरुको पनि स्मरण गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त वार्षिक उत्सव समारोहका अवसरमा एक बर्षको विचमा विद्यालयको पठन पाठन र संचालनका लागि सहयोग गर्नु हुने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।


विद्यालयका विभिन्न कक्षामा प्रथम, द्धितिय र तृतिय हुने र फरक फरक विधामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीहरुलाई पनि विद्यालयले पुरस्कृत गरेको थियो ।
सम्मानित हुने हरुमा पुर्व ब्यवस्थापन समितिका अध्यक्ष स्वर्गिय भीमहरी घिमिरेका छोराद्धय नारायण प्रसाद र शम्भु प्रसाद घिमिरे,पूर्व अध्यक्ष राजन प्रसाद घिमिरे,हरि प्रसाद घिमिरे र राजन प्रसाद घिमिरे (चिलनबोटे) र शम्भु घिमिरेलाई पनि गुरुकुलन संचालनका लागि आर्थिक सहयोग गरेको भन्दै विद्यालयले सम्मान पत्रद्धारा सम्मान गरेको थियो ।


विद्यालयको ब्यवस्थापन समितिका पुर्व अध्यक्ष हरुमध्ये बाट सुर्दशन राय र उत्कृष्ठ पठन पाठन र आन्तरिक ब्यवस्थापनमा समेत उत्कृष्ठता हाँसिल गर्ने शिक्षक शिक्षिकाहरु लाई पनि कार्यक्रमका अवसरमा प्रमुख अतिथि लब श्री न्यौपानेले सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्दै रामेछाप नगरपालिका वडा नं –८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङ्गले जिल्लाको ऐतिहाँसिक विद्यालयको रुपमा स्थापीत यस विद्यालयको सुधारका लागि वडा कार्यालयलयले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

Share65Tweet41Share11

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२९ बैशाख २०८१, शनिबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२९ बैशाख २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२९ बैशाख २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ बैशाख २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ बैशाख २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero