Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आधुनिक कृषि साकोसको १४ औ वार्षिक साधारण सभा सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ मंसिर २०८१, सोमबार
in विविध, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१७ मंसिर । आधुनिक कृषि साकोसले मन्थलीले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सोमबार सदरमुकाम मन्थली स्थित समन्वय समितिमा एक औपचारीक कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्कि खड्काले गर्नु भएको थियो । साधारण सभाको उद्घाटन् गर्दे प्रमुख अतिथि खड्काले आधुनिक कृषि सहकारीले कृषकहरुलाई ब्यवासायी बनाउन गरेको प्रयासको सरहना पनि गर्नु भयो । उहाँले पछिल्लो समयमा सहकारीले आफना शेयर सदस्यहरु र त्यसमा पनि ठुलो सँख्यामा महिलाहरु लाई आधुनिक कृषि प्रविधि मार्फत रोजगारीमा जोडेकोमा सन्तोष ब्यक्त गर्दे साकोषको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । ससहकारीको ब्यवस्थापन र दुग्ध उत्पादन मा सहयोग गरेर साकोसले आफना शेयर सदस्यहरुको आय आर्जनमा ठुलो टेवा पुगेको कुरा पनि उहाँले प्रष्टयाउनु भयो ।


साकोसकि अध्यक्ष शान्ता घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा सँस्थाका सचिव भानुभक्त श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ईश्वर घिमिरेले संस्थाको आर्थिक प्रतिवेदन वाचन गरेर सुनाउनु भएको थियो । सो क्रममा सचिव भानुभक्त श्रेष्ठले आफनो प्रतिवेदनमा गत आवमा भएको कार्य प्रगति र आगामी बर्ष संचालन गरिने कार्यक्रमका बारेमा सहभागि र आफना शेयर सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
२०६७ सालमा स्थापना भएको उक्त सँस्थाले आफना शेयर सदस्यहरुलाई गुजारामुखि प्रणालिबाट ब्यवसायीक र आधुनिक कृषि प्रणाली तर्फ उन्मुख गराउंदै सहकारी मार्फत पशुपालन,अन्न,तरकारी फलफुल उत्पादन र बजारीकरण सम्म जोडेर आय आर्जन गर्नका लागि विभिन्न सहयोग पुर्याउँदै आएको छ ।


आफना शेयर सदस्यहरुको सम्वृद्धिको अभियानमा सस्थाले गरेको योगदानका बारेमा पनि सचिवको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा हाल सम्म आई पुग्दा ब्यवसायिक र आधुनिक कृषि उत्पादनको क्षेत्रमा संस्थाले खेलेको भूमिका र आफ्ना शेयर सदस्यहरुले गरेको प्रगतिका वारेमा पनि उल्लेख गरिएको छ ।


हाललाई रामेछाप र मन्थली नगरपालिकालाई मात्र कार्यक्षेत्र बनाएर काम गर्दै आएको उक्त सहकारीले चालु आवमा गर्ने कार्यक्रमको बारेमा पनि १० वटा वुँदामा उल्लेख गरेको थियो । जसमा स्थानीय सरकार र अन्य सरोकारी र सहयोगी सँस्थाहरुको समेत सहयोगमा गाई भैसिको ब्यवसायिकतालाई प्रर्वद्धन गर्दे दूध सँकलन तथा प्रशोधन सँगै ब्यवसायीक सँगै बजारी करण का काम गर्नेका लागि विज्ञहरुका रोहबरमा तालिम दिलाउने कुरामा पनि जोड दिने भएको छ । त्यसैगरि शेयर सदस्यहरुको शिप विकास मार्फत उन्नत जातको फलफुलका विरुवा वितरण र वगैचाहरुमा अदुवा र वेसार जस्ता घुसुवा वालीको ब्यवस्थापन र बजारी करणमा पनि सहयोग गर्ने पनि जनाईएको छ ।


गत बर्ष सम्म ६ सय ५ जना शेयर सदस्य रहेको रहेको आधुनिकका हाल सम्म आईपुग्दा कुल ६ सय ३० जना शेयर सदस्य रहेका छन् । हरेक वर्ष आसातित रुपमा सदस्य बृद्धि हुँदै गएको आधुनिक साकोसले चालु आवको अन्त्य सम्ममा आफना शेयर सदस्य सँख्या वृद्धि गरि कुल ९ सय पुर्याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्ल्ोख गरिएको छ । त्यसैगरी चालु आव देखि आफना शेयर सदस्यहरु सँग नियमित बचत सकलन गर्ने कार्यलाई पनि संस्थाले सँगै लैजान प्रस्ताव पनि गरेको छ ।


त्यसैगरी संस्थाले हाल सम्म आई पुग्दा १ करोड ५० लाख रुपैयाँको कारोवार गर्न सफल भएको जानकारी कोषाध्यक्ष ईश्वर घिमिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले एक वर्षको विचमा सँस्थाको सबै खर्च कटाएर कुल ३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि कोषाध्यक्ष घिमिरले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।


उक्त साधारण सभामा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम वहादुर थापा,मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुँयाल,नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे,जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ लगायतका वक्ताहरुले सँस्थाले आफ्ना शेयर सदस्यहरुको ब्यवसायिक हित र आय आर्जनमा खेलेको भूमिकाका बारेमा प्रशंसा गर्दै आगामी बर्षहरुमा यसले आफ्नो दायरालाई थप मजबुत बनाउँदै लैजानु पर्नै र यसका लागि सवै खाले सरकारको सहयोगको आवश्यक रहेको बताएका थिए ।


उक्त साधारण सभामा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम वहादुर थापा,मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुँयाल,नेपाल पत्रकार महाँसँघका अध्यक्ष वद्री नयाँघरे,जिल्ला कृषि सहकारी सँघका अध्यक्ष कुमार श्रेष्ठ लगायतका वक्ताहरुले सँस्थाले आफना शेयर सदस्य हरुको ब्यवसायीक हित र आय आर्जनमा खेलेको भूमिकाका बारेमा प्रशँसा गर्दै आगामी बर्षहरुमा यसले आफनो दायरलाई थप मजबुत बनाउँदै लैजानु पर्नै र यसका लागि सवै खाले सरकारको सहयोगको आवश्यक रहेको बताएका थिए ।

Share15Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ मंसिर २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ मंसिर २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ मंसिर २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१७ मंसिर २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१७ मंसिर २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१७ मंसिर २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero