रामेछाप (खाँडादेवी),१५ फागुन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले विकास निर्माणमा राजनीति नगरी साझा धारणा बनाउन जरुरी रहेको बताउनु भएको छ । सो कुरा उहाँले रामेछापको खाँडादेवी गाँउपालिका स्थित गागलमा नव निर्मित उर्गेन सामलिङ गुम्बाको उद्घाटन का क्रममा बताउनु भएको हो ।
विकास निर्माणमा सबै पार्टि एक भएर लाग्ने हो भने देशको दीगो विकास हुने पनि उहाँले बताउनु भयो । उहाँले गरिबी सबैको साझा शत्रु भएकोले यसलाई हटाउन सरकारले रोजगारीको सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले भटौली देखि गागल सम्मको बाटो कालाेपत्रे गर्न आबश्यक प्रकृया सहित आएमा सम्बन्धित निकाय सम्म लगेर पहल गरिदिने पनि बताउनुभयो ।
गुम्बा निर्माण समितिका संयोजक चमार सिं तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति रामचन्द्र खड्का, महासमिति सदस्य विनिता खड्का महाधिबेशन प्रतिनिधि भरत प्रसाद चौलागाँई,उप सभापति नवराज थोकर लगाएतले आ आफ्नो मन्तब्य राख्दै पालिका र वडा काँग्रेसका उमेद्वारले जितेकाे भए यति वेला सम्म गागलकाे निक्कै विकास भइसक्ने भएपनि अर्काे पार्टीले जितेकाेले विकासमा पछाडी परेकाे वताउनुभएकाे थियाे ।
गुम्बा काे तारवारका लागि सहयाेग पुगाेस भनेर चौलागाँइले २ लाख ५१ हजार र विनिता खड्काले रु दश हजार नगद सहयोग गर्नु भएको थियो ।
करिव २ करोड ५० लाखको लगानीमा निर्मित उक्त गुम्बा निर्माणका लागि अधिकांस रकम आफुले सहयाेग स्वरूप हालेकाे संयोजक तामाङले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया