मन्थली,२० फागुन । कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं–२ दशरथ र अरनी वस्तीमा रहेको माझी समुदायले पहिलो पटक लदी पुजा गरेको छ ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति कञ्चनपुरको अगुवाइमा सम्पूर्ण माझी जातीको महान पर्व कोशी (लदी) पुजा सम्पन्न गरिएको थियो ।
नेपाल माझी उत्थान संघ कञ्चनपुरका अध्यक्ष एबं लदी पुजा का संयोजक तेजबहादुर माझीको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पुनर्वास नगरपालिकाका प्रमुख मेयर तोयाप्रसाद शर्माको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै उहाले माझी समुदायको पहिचाहनका रुपमा रहेको कोशी पुजालाई आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका वडा अध्यक्ष डम्बर बहादुर थापाले माझी समुदायले यस्तो पुजा आफ्नो वडामा पहिलोपटक भएकोले आगामी वर्षदेखि माझी हरुको जिल्ला संगठन मार्फत आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा आदिवसी जनजाति महासंघ जिल्ला सचिब बानविर राना, माझी उत्थान संघ की उपाध्यक्ष सबिता माझी सचिव रिता माझी साथै कोषाध्यक्ष लालुमाया माझी लगाएतको उपस्थिती रहेको रामेछापका बालकृष्ण माझीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया