Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीन वर्ष भित्रमा गौरीशंकर क्याम्पसको भवन बनाउँछु ः अध्यक्ष घिमिरे

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०७९, आईतवार
in शिक्षा, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ चैत । गौरीशंकर बहुमुखी क्याम्पस रामेछापका नव निर्वाचित अध्यक्ष सन्देश घिमिरेले आगामी तीनका बर्ष भित्रमा क्याम्पसको भवन बनाउने बताउनु भएको छ । सो कुरा उहाँले आईतबार मन्थलीमा पत्रकार हरुसंगको भेटघाट कार्यक्रमका असवसमा बताउनु भएको हो ।


शनिवार गौरीशंकरको क्याम्पस सभाबाट निर्विरोध रुपमा अध्यक्ष बन्नुभएका घिमिरेले निर्वाचित सञ्चालक समिति र त्यसको अध्यक्षको हैसियतले बैठकको निर्णय र आपसी सहमतिका आधारमा क्याम्पसको शैक्षिक उन्नयन संगै भवन निर्माणको कार्यलाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
घिमिरेले त्यसका लागि आफुले तत्काल कार्ययोजना बनाएर काम गर्ने सोचाई बनाई सकेको बताउनु भयो । उहाले भन्नुभयो– “जिल्लाकै पहिलो र पुरानो क्याम्पसका रुपमा चिनिएको रामेछापको क्याम्पस बर्षौ देखि संचालन हुँदै आएको भएपनि क्याम्पस हाता भित्र अहिले पनि दर्जनौं समस्या छन् । भवन सँगै शौचालय ,फर्निचर जस्ता मुख्य कुराको अभाव छ । विद्यार्थी संख्यामा कमी छ , क्याम्पसको पठन पाठनको गुणस्तर पनि सुधार गर्नुपर्ने छ । यी र यस्ता यावत चुनौतिका वाबजुद पनि आफुले कार्यकाललाई अबसरको रुपमा उपयोग गरी सबै खालको सुधारको प्रयासमा लाग्ने मेरो पहल हुनेछ ।”

भवन निर्माणको लागि सकेसम्म स्थानीय सरकार र सरोकारवालाहरु सँगको सहकार्यमा हाल क्याम्पस भएको क्षेत्रमानै जग्गाको ब्यवस्थापन गर्ने र त्यसो हुन नसकेमा वडा नं–७ को टावर डाँडामा रहेको क्याम्पसको जग्गालाईनै प्राथमिकतामा राखेर काम अघि बढाईने पनि घिमिरेले वताउनुभयो । “जग्गा र भवन व्यबस्थापनको कामलाई एकै साथ अघि बढाउने सोच बनाएको छु ”–घिमिरेले भन्नु भयो ।
नयाँ बन्ने भवनका लागि स्थानीय,प्रदेश र संघिय सरकार सँग समेत समन्वय गरेर काम गर्ने त्रिभुवन विश्व विद्यालयको भवन आचार संहिता र अन्य मापदण्डका आधारमा तयार गरिने,कार्ययोजनमा भवन निर्माण सँगै क्याम्पसको शैक्षिक प्रगतिको कामलाई पनि कार्ययोजनामा समावेस गराईने घिमिरेले बताउनु भयो ।


शनिवार क्याम्पस परिसरमा भएको क्याम्पस सभाले समितिको सदस्यमा क्रमशः लक्ष्मण कुमार घिमिरे कुमारी हायु र सरोज कटुवाललाई चयन गरेको छ । सभाको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले गर्नु भएको थियो । सो अबसरमा क्याम्पस प्रमुख मेघ प्रसाद भट्टराईले वार्षिक कार्यक्रम तथा बजेट,शैक्षिक प्रगति,आर्थिक प्रगति,भावि कार्यक्रम लगाएतका बिभिन्न बिषयवस्तुहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम तत्कालिन अध्यक्ष पुर्ण मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्याम्पस सञ्चालनका लागि अतुलनिय योगदान गर्ने सञ्चालक समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Share31Tweet19Share5

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ चैत्र २०७९, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१९ चैत्र २०७९, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ चैत्र २०७९, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१९ चैत्र २०७९, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१९ चैत्र २०७९, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१९ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero