Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुरक्षाका लागि राखेको पैसा बैङ्कको खातावाटै गायब 

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०८०, बुधबार
in समाचार, समाज
0
633
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२७ वैशाख । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं –६ का आइत बहादुर तामाङको पैसा बैकको खाता बाट नै गायब भएको छ ।

मन्थलीको एन.एम.वि बैक मा रहेको निजको खाता नं ०२१००१५२८७१०००११ मा रहेको रकम रु २० हजार ५ सय २०७९ फागुन महिनामा हराएको भएपनि उहाले पैसा झिक्न आउदा वैशाखमा मात्र थाहा पाउनु भएको थियो ।

वैशाख १९ गते  ३५ हजार ५ सय रुपैयाँ झिक्ने तयारीमा आएका तामाङ लाई बैङ्कले १५ हजार मात्र खातामा भएको जानकारी गराएपछि उनले आफुले वेला वेलामा जम्मा गरेको भौचर देखाएर आफ्नो पैसा १५ हजार मात्र नभएर ३५ हजार पाँच सय हुनुपर्ने बताउनु भएको थियो  । त्यस पछि वैकका कर्मचारीहरूले स्टेटमेन्ट चेक गर्दा मोबाइल वैकिङ मार्फत रकम अन्यत्र पठाएको जानकारी गराएपछि तामाङ रु १५हजार रकम लिएर आफ्ना आफन्तकोमा आफ्नो पैसा हराएको समस्या लिएर पुग्नुभयो । आफन्त सहित बैकमा पुनः पुगेपछि बैकका कर्मचारीहरूले स्टेटमेन्ट दिएर बाँकी प्रक्रियाका लागि प्रहरी कार्यालयमा उजुरी दिन भने र तामाङले सोही अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।   

यस बारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा तामाङको उजुरी प्रति छानबिन भइरहेको भन्दै सो बैक वाट मोबाइल बैङ्किङ सेवा मार्फत मुक्तिनाथ बैक पाल्पा शाखामा रहेको निशान न्यौपानेको खातामा पैसा ट्रान्सफर भएको र न्यौपानेलाई सम्पर्क गर्दा म २÷३ वर्ष अघि पाल्पामा पढ्न बस्दा खोलेको खाता अहिले निस्कृय रहेको तर यस अघिनै मेरो खाता ह्याक भएकोले आफूले त्यसबाट कुनै कारोबार नगरेको तथा खाता बन्द गर्न जाँदा बैकका कर्मचारीहरूले नदिएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  

यस सम्बन्धमा एन.एम.वि बैक मन्थली शाखाका प्रमुख भीषण खत्रीले यस अघि नै हाम्रा सबै ग्राहकहरूलाई निःशुल्क मोबाइल बैङ्किङ सेवा दिएको वेलामा उहाँको पनि लग इन र पासवर्ड मोबाइलमा आएर बसेको हुन सक्ने र उक्त लग इन र पासवर्ड को दुरुपयोग गरेर ह्याकरले ह्याक गरी रकम अन्यत्र लगेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–“उहाँको पैसा हराएको प्रति हामी पनि चिन्तित छौ, हाम्रो तर्फबाट पनि यस बारेमा अनुसन्धान भइरहेको छ यस्तो हुनु असाध्यै दुर्भाग्य पूर्ण काम हो ।”

तामाङ्गले भन्नुभयो – “मैले सानो सामान्य खालको मोवाइल चलाउछु, मलाई वैकिङ्ग मोवाइल वारेमा केहि थाहा छैन मेरो मोवाइलवाट कसरी पैसा अर्काको खातामा गयो यो अनौठौ भैराछ । बुढेसकालमा धेरै दुःख गरेर कमाएको पैसा यसरी बैक वाटै हराएपछि कसरी वैंकहरु प्रति विश्वास गर्नु ? अरु म केहि जान्दिन मेरो पैसा जसरी पनि मलाई फिर्ता हुनु परयो ।”

 गाउँमा तरकारी खेती गरेर सामान्य रूपमा खेती किसानी गर्ने ७४ वर्षका तामाङ कहिले काहीँ आफ्नो बारीमा उत्पादन भएको साग सब्जी  मन्थलीको सोमवारे हाट र रामेछापको बिहीबारे हाटमा ल्याएर विक्री वितरण गरेको पैसा जम्मा गर्ने गर्नुभएको थियो ।

Share253Tweet158Share44

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ बैशाख २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ बैशाख २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ बैशाख २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ बैशाख २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ बैशाख २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ बैशाख २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero