रामेछाप,२७ वैशाख । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं –६ का आइत बहादुर तामाङको पैसा बैकको खाता बाट नै गायब भएको छ ।

मन्थलीको एन.एम.वि बैक मा रहेको निजको खाता नं ०२१००१५२८७१०००११ मा रहेको रकम रु २० हजार ५ सय २०७९ फागुन महिनामा हराएको भएपनि उहाले पैसा झिक्न आउदा वैशाखमा मात्र थाहा पाउनु भएको थियो ।
वैशाख १९ गते ३५ हजार ५ सय रुपैयाँ झिक्ने तयारीमा आएका तामाङ लाई बैङ्कले १५ हजार मात्र खातामा भएको जानकारी गराएपछि उनले आफुले वेला वेलामा जम्मा गरेको भौचर देखाएर आफ्नो पैसा १५ हजार मात्र नभएर ३५ हजार पाँच सय हुनुपर्ने बताउनु भएको थियो । त्यस पछि वैकका कर्मचारीहरूले स्टेटमेन्ट चेक गर्दा मोबाइल वैकिङ मार्फत रकम अन्यत्र पठाएको जानकारी गराएपछि तामाङ रु १५हजार रकम लिएर आफ्ना आफन्तकोमा आफ्नो पैसा हराएको समस्या लिएर पुग्नुभयो । आफन्त सहित बैकमा पुनः पुगेपछि बैकका कर्मचारीहरूले स्टेटमेन्ट दिएर बाँकी प्रक्रियाका लागि प्रहरी कार्यालयमा उजुरी दिन भने र तामाङले सोही अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा तामाङको उजुरी प्रति छानबिन भइरहेको भन्दै सो बैक वाट मोबाइल बैङ्किङ सेवा मार्फत मुक्तिनाथ बैक पाल्पा शाखामा रहेको निशान न्यौपानेको खातामा पैसा ट्रान्सफर भएको र न्यौपानेलाई सम्पर्क गर्दा म २÷३ वर्ष अघि पाल्पामा पढ्न बस्दा खोलेको खाता अहिले निस्कृय रहेको तर यस अघिनै मेरो खाता ह्याक भएकोले आफूले त्यसबाट कुनै कारोबार नगरेको तथा खाता बन्द गर्न जाँदा बैकका कर्मचारीहरूले नदिएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस सम्बन्धमा एन.एम.वि बैक मन्थली शाखाका प्रमुख भीषण खत्रीले यस अघि नै हाम्रा सबै ग्राहकहरूलाई निःशुल्क मोबाइल बैङ्किङ सेवा दिएको वेलामा उहाँको पनि लग इन र पासवर्ड मोबाइलमा आएर बसेको हुन सक्ने र उक्त लग इन र पासवर्ड को दुरुपयोग गरेर ह्याकरले ह्याक गरी रकम अन्यत्र लगेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–“उहाँको पैसा हराएको प्रति हामी पनि चिन्तित छौ, हाम्रो तर्फबाट पनि यस बारेमा अनुसन्धान भइरहेको छ यस्तो हुनु असाध्यै दुर्भाग्य पूर्ण काम हो ।”
तामाङ्गले भन्नुभयो – “मैले सानो सामान्य खालको मोवाइल चलाउछु, मलाई वैकिङ्ग मोवाइल वारेमा केहि थाहा छैन मेरो मोवाइलवाट कसरी पैसा अर्काको खातामा गयो यो अनौठौ भैराछ । बुढेसकालमा धेरै दुःख गरेर कमाएको पैसा यसरी बैक वाटै हराएपछि कसरी वैंकहरु प्रति विश्वास गर्नु ? अरु म केहि जान्दिन मेरो पैसा जसरी पनि मलाई फिर्ता हुनु परयो ।”
गाउँमा तरकारी खेती गरेर सामान्य रूपमा खेती किसानी गर्ने ७४ वर्षका तामाङ कहिले काहीँ आफ्नो बारीमा उत्पादन भएको साग सब्जी मन्थलीको सोमवारे हाट र रामेछापको बिहीबारे हाटमा ल्याएर विक्री वितरण गरेको पैसा जम्मा गर्ने गर्नुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया