Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भ्रटहरुलाई कुनै दलले पनि संरक्षण गर्न हुँदैन– मुख्य मन्त्री जम्कट्टेल 

नेपाल अभियान नेपाल अभियान
१ जेष्ठ २०८०, सोमबार
in शिक्षा, समाचार, समाज
0
61
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१ जेठ । बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टहरूलाई कुनै पनि राजनैतिक दलले संरक्षण गर्न नहुने बताउनु भएको छ । उहाँले नेपालका सबै खालका भ्रष्ट्राचारहरूको  छानविन हुनुपर्ने पनि बताउनु भयो ।   

 सो कुरा उहाँले रामेछापको  मन्थली स्थित मन्थली माविको नव निर्मित भवनको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।

उहाँले उक्त छानबिनका लागि कुनै दलहरू वाधक बन्न नहुने बताउनुभयो । कार्यक्रमका अवसरमा बोल्दै मन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानुनी दायरामा आउने बताउनुभयो ।  उहाँले वर्तमान माध्यमिक शिक्षाको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने पनि बताउनुभयो ।    

सो अवसरमा उहाँले यस अघि शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्र वाट का शैक्षिक सुरुवातीमै पाठ्यपुस्तक हरू प्रत्येक विद्यार्थीहरूका हात हातमा पुगिसकेकोले  यो वर्ष विद्यार्थीहरूलाई पठन पाठमा सहज हुने  बताउनुभयो । 

उहाँले प्रदेश संरचना खारेज हुनुपर्ने बहस चलिरहेको भएपपिन यो संरचना खारेज कुनै हालतमा नहुने र खारेज गर्न जनताहरुलेनै नमान्ने बताउनुभयो । 

 

उहाँले यसअघि का प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल र मुख्य मन्त्री डोर मणि पौडेलको जस्तो विकास मोडेल नभई सबै जिल्लामा समानुपातिक विकास हुने पनि बताउनुभयो । उहाँले यस अघिका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आफ्नो गृह पालिका  खाँडादेवी गाउँपालिकाको मात्र विकास गर्न खोजेको भन्दै अब खाँडादेवी मात्र नभएर मन्थली नगरपालिका र सुनापति गाउँपालिकामा समेत समानुपातिक ढङ्गको विकास गर्ने बताउनुभयो 

उहाँले परम्परागत ढङ्गको विकास अब नहुने भन्दै ५० लाख भन्दा माथिका योजनाहरू मात्र प्रदेशले गर्ने त्यस मुनिका योजनाहरू सबै पालिका ले गर्ने बताउनुभयो । उहाँले युवाहरूलाई  र गृहिणीहरूलाई आशा जगाउने खालका नीति तथा कार्यक्रमहरू ल्याउन प्रदेशले तयारी गरिरहेको बताउनुभयो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने प्राविधिक, निर्माण व्यवसायी,पूर्व विब्यस सदस्यहरू, पूर्व  प्र अ हरू पूर्व शिक्षकहरू एवं पूर्व स्रोत व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा मन्थली नगरप्रमुख लव श्रेष्ठ, नेपाली काँग्रेसको उपसभापति लेख बहादुर कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कुमार कार्की, माओवादी केन्द्रका शिशिर खड्गी,नेकपा एस का झम्क केल, राप्रपाका उपाध्यक्ष शिवजी घिमिरे, राप्रपा नेपालका रामचन्द्र केल, विद्यालयका प्र अ डा. टङ्क प्रसाद दाहाल, निर्माण व्यवसायी राममावु घिमिरे लगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो । 

एसियाली विकास बैङ्कको सहयोगमा यस नमुना माध्यमिक विद्यालयको नवनिर्मित ३ वटा भवनमा ३६ वटा कोठाहरू रहेका छन् ।  खानी निर्माण सेवाले १५ करोड ८६ लाख ४७ हजार ५ सय ५३ रुपैयाँको लागतमा उक्त १२÷१२ कोठे ३ वटा भवनहरू निर्माण गरेको थियो ।  

Share24Tweet15Share4

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१ जेष्ठ २०८०, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१ जेष्ठ २०८०, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१ जेष्ठ २०८०, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१ जेष्ठ २०८०, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१ जेष्ठ २०८०, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero