
रामेछाप,१ जेठ । बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टहरूलाई कुनै पनि राजनैतिक दलले संरक्षण गर्न नहुने बताउनु भएको छ । उहाँले नेपालका सबै खालका भ्रष्ट्राचारहरूको छानविन हुनुपर्ने पनि बताउनु भयो ।
सो कुरा उहाँले रामेछापको मन्थली स्थित मन्थली माविको नव निर्मित भवनको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।
उहाँले उक्त छानबिनका लागि कुनै दलहरू वाधक बन्न नहुने बताउनुभयो । कार्यक्रमका अवसरमा बोल्दै मन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानुनी दायरामा आउने बताउनुभयो । उहाँले वर्तमान माध्यमिक शिक्षाको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने पनि बताउनुभयो ।

सो अवसरमा उहाँले यस अघि शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्र वाट का शैक्षिक सुरुवातीमै पाठ्यपुस्तक हरू प्रत्येक विद्यार्थीहरूका हात हातमा पुगिसकेकोले यो वर्ष विद्यार्थीहरूलाई पठन पाठमा सहज हुने बताउनुभयो ।
उहाँले प्रदेश संरचना खारेज हुनुपर्ने बहस चलिरहेको भएपपिन यो संरचना खारेज कुनै हालतमा नहुने र खारेज गर्न जनताहरुलेनै नमान्ने बताउनुभयो ।

उहाँले यसअघि का प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल र मुख्य मन्त्री डोर मणि पौडेलको जस्तो विकास मोडेल नभई सबै जिल्लामा समानुपातिक विकास हुने पनि बताउनुभयो । उहाँले यस अघिका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आफ्नो गृह पालिका खाँडादेवी गाउँपालिकाको मात्र विकास गर्न खोजेको भन्दै अब खाँडादेवी मात्र नभएर मन्थली नगरपालिका र सुनापति गाउँपालिकामा समेत समानुपातिक ढङ्गको विकास गर्ने बताउनुभयो
उहाँले परम्परागत ढङ्गको विकास अब नहुने भन्दै ५० लाख भन्दा माथिका योजनाहरू मात्र प्रदेशले गर्ने त्यस मुनिका योजनाहरू सबै पालिका ले गर्ने बताउनुभयो । उहाँले युवाहरूलाई र गृहिणीहरूलाई आशा जगाउने खालका नीति तथा कार्यक्रमहरू ल्याउन प्रदेशले तयारी गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने प्राविधिक, निर्माण व्यवसायी,पूर्व विब्यस सदस्यहरू, पूर्व प्र अ हरू पूर्व शिक्षकहरू एवं पूर्व स्रोत व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा मन्थली नगरप्रमुख लव श्रेष्ठ, नेपाली काँग्रेसको उपसभापति लेख बहादुर कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कुमार कार्की, माओवादी केन्द्रका शिशिर खड्गी,नेकपा एस का झम्क केल, राप्रपाका उपाध्यक्ष शिवजी घिमिरे, राप्रपा नेपालका रामचन्द्र केल, विद्यालयका प्र अ डा. टङ्क प्रसाद दाहाल, निर्माण व्यवसायी राममावु घिमिरे लगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
एसियाली विकास बैङ्कको सहयोगमा यस नमुना माध्यमिक विद्यालयको नवनिर्मित ३ वटा भवनमा ३६ वटा कोठाहरू रहेका छन् । खानी निर्माण सेवाले १५ करोड ८६ लाख ४७ हजार ५ सय ५३ रुपैयाँको लागतमा उक्त १२÷१२ कोठे ३ वटा भवनहरू निर्माण गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया