Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 सुनापति गाउँपालिकाको  निर्णयलाई  अदालतले उल्टायो 

नेपाल अभियान नेपाल अभियान
२७ असार २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
58
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ असार । उच्च अदालत पाटनले सुनापति गाउँपालिकाले गरेको निर्णय तत्कालको लागि बदर  गर्ने फैसला सुनाएको छ । सुनापति गाउँपालिकाले अभिभावक र विद्यार्थीको चाहना विपरीत विद्यालयको तह घटाउने निर्णय  गरेको भन्दै अदालतमा उजुरी परेको र सोही उजुरीका आधारमा उच्च अदालतले असार २५ गतेको मितिमा तत्कालको लागि बदर गर्ने फैसला सुनाएको हो  । कार्यपालिकाको बैठकले यस अघि वडा नम्बर २ मा रहेको मावि मन्दरको कक्षा घटाउने निर्णय तत्काल कार्यान्वयन  नगर्नु नगराउनु भनी गाउँपालिकाको शिक्षा शाखाका नाममा अदालतले उक्त आदेश दिएको हो  । 

पालिकाको उक्त निर्णय प्रति  विद्यालय व्यवस्थापन समिति, विद्यालय र अभिभावकले समेत असहमति जनाएका र उक्त असहमतिको समेत बेवास्ता गर्दे बैठकले पालिकाका शिक्षा शाखाका संयोजक कमल बहादुर बमको सिफारिसमा विद्यालयको तह घटुवा गर्ने निर्णय भएको थियो । आम असहमतिका बाबजुद पनि  गाउँपालि उक्त निर्णय सच्याउन तयार नभएपछि उक्त  निर्णय बदर गरी पाउँ भनी  अभिभावकहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

 स्थानीय अभिभावक ज्ञान कुमार योञ्जनले वडाध्यक्ष पदम बहादुर थापा समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दे  न्यायाधीश महेश शर्मा पौडेल र दीपेन्द्र अधिकारीको इजलासर्ले विद्यालयबाट प्राप्त हाजिर पुस्तिकाबाट विद्यालयमा कक्षा ९ र १० मा विद्यार्थीहरू उपस्थित रहेको देखिएका आधारमा  फैसला सुनाइएको अदालतले जनाएको छ  ।

अदालत द्वारा जारी अन्तरिम आदेशमा भनिएको छ – त्यस बाहेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि अन्य विद्यालयमा पठनपाठनको वैकल्पिक व्यवस्थापन पनि भएको भन्ने देखिन नआएको हुँदा गाउँ शिक्षा समितिको मिति २०८०।०१।१३ को निर्णयले मावि मन्दर मेल चौरलाई तह घटाउने निर्णय कार्यान्वयन नगर्न पनि आदेशमा भनिएको छ । उक्त निर्णय  कार्यान्वयन गर्दा विद्यार्थीको पढ्न पाउने  अधिकारमा आघात पुग्ने देखिएकोले  सुविधा सन्तुलनको सिद्धान्तका आधारमा अन्तिम टुङ्गो नलाग्दासम्म विद्यालयको तह घटाउने निर्णय कार्यान्वयन नगर्न नगराउनका लागि पनि गाउँपालिकालाई आदेश दिएको छ ।

यस बारेमा पालिकाका प्रवक्ता समेत रहेका वडा नं २ का वडा अध्यक्ष पदम बहादुर थापा  सँग सम्पर्क गर्दा उनले सम्मानित अदालतको आदेशको सम्मान गर्नु पर्ने भन्दै अदालतले गरेको  आदेशको विषयले फलिकाको ध्यानाकर्षण भएकोले  गाउँ कार्यपालिका र शिक्षा शाखाको बैठक बसेपछि मात्र बाँकी कुरा बताउन सकिने बताए ।

Share23Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ असार २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ असार २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ असार २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ असार २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ असार २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ असार २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero