रामेछाप २७ असार । उच्च अदालत पाटनले सुनापति गाउँपालिकाले गरेको निर्णय तत्कालको लागि बदर गर्ने फैसला सुनाएको छ । सुनापति गाउँपालिकाले अभिभावक र विद्यार्थीको चाहना विपरीत विद्यालयको तह घटाउने निर्णय गरेको भन्दै अदालतमा उजुरी परेको र सोही उजुरीका आधारमा उच्च अदालतले असार २५ गतेको मितिमा तत्कालको लागि बदर गर्ने फैसला सुनाएको हो । कार्यपालिकाको बैठकले यस अघि वडा नम्बर २ मा रहेको मावि मन्दरको कक्षा घटाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी गाउँपालिकाको शिक्षा शाखाका नाममा अदालतले उक्त आदेश दिएको हो ।
पालिकाको उक्त निर्णय प्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय र अभिभावकले समेत असहमति जनाएका र उक्त असहमतिको समेत बेवास्ता गर्दे बैठकले पालिकाका शिक्षा शाखाका संयोजक कमल बहादुर बमको सिफारिसमा विद्यालयको तह घटुवा गर्ने निर्णय भएको थियो । आम असहमतिका बाबजुद पनि गाउँपालि उक्त निर्णय सच्याउन तयार नभएपछि उक्त निर्णय बदर गरी पाउँ भनी अभिभावकहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
स्थानीय अभिभावक ज्ञान कुमार योञ्जनले वडाध्यक्ष पदम बहादुर थापा समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दे न्यायाधीश महेश शर्मा पौडेल र दीपेन्द्र अधिकारीको इजलासर्ले विद्यालयबाट प्राप्त हाजिर पुस्तिकाबाट विद्यालयमा कक्षा ९ र १० मा विद्यार्थीहरू उपस्थित रहेको देखिएका आधारमा फैसला सुनाइएको अदालतले जनाएको छ ।
अदालत द्वारा जारी अन्तरिम आदेशमा भनिएको छ – त्यस बाहेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि अन्य विद्यालयमा पठनपाठनको वैकल्पिक व्यवस्थापन पनि भएको भन्ने देखिन नआएको हुँदा गाउँ शिक्षा समितिको मिति २०८०।०१।१३ को निर्णयले मावि मन्दर मेल चौरलाई तह घटाउने निर्णय कार्यान्वयन नगर्न पनि आदेशमा भनिएको छ । उक्त निर्णय कार्यान्वयन गर्दा विद्यार्थीको पढ्न पाउने अधिकारमा आघात पुग्ने देखिएकोले सुविधा सन्तुलनको सिद्धान्तका आधारमा अन्तिम टुङ्गो नलाग्दासम्म विद्यालयको तह घटाउने निर्णय कार्यान्वयन नगर्न नगराउनका लागि पनि गाउँपालिकालाई आदेश दिएको छ ।
यस बारेमा पालिकाका प्रवक्ता समेत रहेका वडा नं २ का वडा अध्यक्ष पदम बहादुर थापा सँग सम्पर्क गर्दा उनले सम्मानित अदालतको आदेशको सम्मान गर्नु पर्ने भन्दै अदालतले गरेको आदेशको विषयले फलिकाको ध्यानाकर्षण भएकोले गाउँ कार्यपालिका र शिक्षा शाखाको बैठक बसेपछि मात्र बाँकी कुरा बताउन सकिने बताए ।
यो बारेमा तपाईको प्रतिकृया