रामेछाप १४ फागुन । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनले सङ्घका जिल्ला अध्यक्ष सोनु रोकालाई पुन एक कार्यकालका लागि निर्वाचित गरेको छ । सोमबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको साधारण सभा तथा पाँचौँ अधिवेशनको बन्द सत्रले रोक्काको नेतृत्वमा १६ सदसिय नयाँ नेतृत्वलाई निर्विरोध रूपमा चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष,सचिवमा क्रमशः अनिता थापा मगर,रमेश कुमार थापा,मुना सुवेदी,सुमन खड्का, र सह सचिवद्धयमा निकिता चौहान र राजेन्द्र खड्का चयन भएका छन् । आगामी ४ वर्षका लागि चयन गरिएको उक्त समितिको सदस्हरुमा क्रमशः सुवास न्यौपाने,अम्रेस मोक्तान,हरे राम क्षेत्री,गीता कार्की,शान्ता नेपाली र इन्दिरा घिमिरे निर्वाचित भएको नव निर्वाचित अध्यक्ष सोनु रोकाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले एक समारोहका बिच गरेका थिए । सो अवसरमा उनले संगितकार्मिहरुको संस्थागत र व्यावसायिक विकासका लागि आफूले सदनमा कुरा उठाउने आश्वासन पनि दिए । उनले सङ्गीतकर्मीहरू राज्यका सुन्दर गहना भएको भन्दै उनीहरूलाई सोही अनुरूपको आचरणमा लाग्न पनि आग्रह गरे ।
उद्घाटन सत्रमा बोल्ने सबै जसो वक्ताहरूले । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनले सही नेतृत्व चयन गरी संस्थागत विकास मार्फत गाउँ गाउँ सम्म पुगेर कलाकारहरूलाई अनुशासित र मर्यादित भएर अगाडी बढ्न पनि आग्रह गरेका थिए ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनका क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद आनन्द श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन भने उपाध्यक्ष अनिता थापा मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष प्रकाश कटुवाल,वरिष्ठ उपाध्यक्ष,राधिका श्रेष्ठ,सङ्घका केन्दिय प्रवक्ता कुमार कार्की पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र कार्की लगायतका बक्तहरुले पनि संघको तर्फबाट साधारण सभा सफलताको कामना गरेका थिए ।











यो बारेमा तपाईको प्रतिकृया