Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको विकासको बहसले पायो भक्तपुरमा  चर्चा 

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०८०, मंगलवार
in देश
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३चैत । रामेछाप काठमाडौँ सृजनशील समाजले भक्तपुरको चार दोबाटोमा पुगेर जिल्लाको लागि   विकास बहस चलाएको छ । यस अघि पनि सकारात्मक सोचका साथ जिल्लाको  विकाश अभियानलाई सरोकारवाला हरू बिच राखेर संवाद चलाउँदै आएको सृजनशीलले यस पटक जन प्रतिनिधीहरुका बिचमा छलफल गराएर साझा अवधारणा तय गर्ने मुख्य उद्देश्यका साथ उक्त बहस कार्यक्रम सञ्चालन गरेको हो । 

जिल्लाको विकाशको मोडललाई प्राथमिकता आधारमा पहिचान गरी  साझा अवधारणा मार्फत अघि बढाउने प्रतिबद्धता सहित जन प्रतिनिधिहरूलाई जिल्लाको विकास सँग जोड्न सके त्यसबाट कार्य सम्पादनमा पनि सहज वातावरण निर्माण हुन  गर्न सकियोस् भन्ने उद्देश्यले  जिल्ला भरका सबै जन प्रतिनिधिहरुहरु समेतलाई आमन्त्रण गरी का विच जम्मा गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा  रामेछाप जिल्लाका सङ्घीय सांसद कान्छा राम तामाङलाई आमन्त्रण गरिएको थियो । 

सो अवसरमा बोल्दै प्रमुख अतिथि  कान्छाराम तामाङले संस्थाले हाल सम्म जिल्लाको सामाजिक विकासमा पुर्‍याएको योगदानको विषयमा चर्चा गर्दे जिल्लाका सबै जन प्रतिनिधिहरू सँग हातेमालो गर्दै  संस्थाले गरेको मानवीय कामको प्रशंसा पनि गरे ।  सो अवसरमा उनले जिल्लाको विकासमा सबै पाटिका नेता एक भएर लाग्ने प्रतिबद्धता पनि दोहोराए ।  

कार्यक्रममा प्रदेश सांसद तारा नारायण श्रेष्ठ , युवराज चौलागाई ,  पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ,  शान्ति प्रसाद पौडेल , जिल्ला समन्वय प्रमुख चिना कार्की ,लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत , ज्ञानकुमार श्रेष्ठ , गोकुल गङ्गा गाउँपालिकाका उप प्रमुख  उषा कार्की लगताका जन प्रतिनिधहरुले रामेछापको विकासको अभिभारा आफूहरूको काँधमा आएको स्वीकार गर्दै त्यसका लागि आफहरु मिलेर जान तयार रहेको विचार व्यक्त गरेका थिए । सो क्रममा उनीहरूले जिल्लामा पकेट क्षेत्र छुट्टाएर काम गर्न र त्यसको मोडालिटिका बारेमा बहस गर्ने  कुरामा आफूहरू पनि सहमत भएको उनिहरुकोे जोड थियो ।

उनीहरूले काठमाडौँ बसेर जिल्लामा केही गरौँ भन्ने अभियानको प्रशंसा गर्दे  , नेपालको लागि विकासको नयाँ धारणा र मोडल धरातल  अनुसार छुट्टै बनाउन सके  जनता केन्द्रित विकासमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए ।  रामेछाप मै बसेर रामेछापको विकास , रामेछाप बाहिर बसेर रामेछापको विकास र देश बाहिर  बसेर रामेछापको विकास कसरी गर्न सकिन्छ  भन्ने कुराले आफूहरूलाई चिन्तित बनाएको पनि बताएका थिए । 

रामेछाप काठमाडौँ सृजनशील समाजले गरेको उक्त कार्यक्रममा जन प्रतिनिधि  अलावा नागरिक समाजका प्रतिनिधिहरू डाक्टर सुमन कर्माचार्य लगायतले सक्रियताका साथ भागि लिएको उक्त बहस कार्यक्रममा लामो समय देखि दुःखमा पिल्सँदै आएका सडक मानवहरूका लागि सेवा गर्दे आउनु भएका सालु निवासी समाजसेवी प्रदीप घिमिरे लाई सम्मान गरिएको थियो  ।  कार्यक्रमका अवसरमा रामेछाप बजारमा आगोमा पोलेको उद्यमीले तयार गरेको  रामेछाप बिस्कुट र चिरञ्जीवी डेरी ले निःशुल्क रूपमा मोही खुवाएका थिए भने तामे रेस्टुरेन्ट एन्ड बैक्कट ठिमी चार दोबाटो ले निःशुल्क हल र चिया उपलब्ध गराएको समाजका अध्यक्ष विपिन भट्टराईले जानकारी गराए ।

Share10Tweet6Share2

Related Posts

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१३ चैत्र २०८०, मंगलवार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१३ चैत्र २०८०, मंगलवार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

१३ चैत्र २०८०, मंगलवार
शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल
देश

शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल

१३ चैत्र २०८०, मंगलवार
रामेछापबाट  रास्वपाका डा.बुढाथोकीले मारे बाजी
देश

रामेछापबाट रास्वपाका डा.बुढाथोकीले मारे बाजी

१३ चैत्र २०८०, मंगलवार
मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया
देश

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

१३ चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.