Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्त्री परिषद्को सुविधा रामेछापका कैदीहरुलाई पनि

बद्री नयाँघरे बद्री नयाँघरे
२३ भाद्र २०७६, सोमबार
in समाचार, समाज
0
69
SHARES
Share on FacebookShare on Twitter

२३ भदौ, २०७६

मन्थली- मन्त्री परिषद्को बैठकले प्रयोगमा ल्याएको उच्च स्तरिय सुविधा जिल्ला कारागार रामेछापका कैदीबन्दीहरुले पनि पाउने भएका छन् । प्रधानमन्त्री केपी ओली उपचारको क्रममा सिंगापुर बसेको बेला भिडियो कनफ्रेन्स सेवा मार्फत मन्त्री परिषदको बैठक सञ्चालन भए जस्तै यहाँका कैदी बन्दीहरुका लागि पनि भिडियो कनफ्रेन्स सेवा उपलब्ध हुने भएको हो ।

कैदि बन्दीहरुको सुरक्षा चुनौती र सरकारी तनाव र आर्थिक भारलाई कम गर्ने उद्देश्यले जिल्ला कारागार रामेछापले निकट भविष्यमानै यो सेवा सञ्चालनमा ल्याउन लागेको हो । कारागार रामेछापका प्रमुख मातृका प्रसाद दाहालले दिनुभएको जानकारी अनुसार त्यसको लागि कारागार भित्र एउटा छुट्टै कोठामा भिडियो जडान गरिएको र भिडियो कनफ्रेन्स सेवा छिट्टै प्रयोगमा ल्याउन लागिएको छ ।

विभिन्न घटनाका अभियुयक्तहरुलाई उनिहरु मथि लगाईएको अभियोगका आधारमा बयानका लागि विभिन्न समयमा विभिन्न ठाउँका अदालत सम्म लैजानु पर्ने अवस्था र सो अप्ठेरो परिस्थतिबाट उनिहरुलाई मुक्ति दिलाउने उद्देश्यका साथ कारागार व्यवस्था विभागले यो सेवा सुरु गर्न लागेको बताइएको छ । सेवा संचालनमा आएपछि कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाबाहिरका अदालतमा बयानका लागी पठाउनु पर्ने समस्या हटे्ने विश्वास लिएको छ ।

अन्तराष्ट्रिय मान्यता अनुसार नेपालका कारागारहरुमा पनि अन्य देशमा जस्तै ‘भिडियो कन्फरेन्स’ मार्फत कैदीबन्दीले पेसी लिन पाउने व्यवस्था छ । केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला कारागारका कैदीबन्दीलाई सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको हकमा पनि यो सूविधा यहाँका कैदिवन्दीहरुले लिन पाउने वा न्यायधिस आफैले पनि सम्बन्धित व्यक्तिसंगै सिधै प्रश्न सोध्न पाउने व्यवस्था पनि प्रविधिले मिलाउने छ ।

सेवा आरम्भ भएपछि सम्बन्धित अदालतका न्यायाधीसले आफनै कार्यालयमा बसेर यहाँको जेलर संगको समन्वयका आधारमा सम्बन्धित अभियुक्तसंग भिडियो कनफ्रेन्सबाटै बयान लिन सक्नेछन । कारागारको क्षमत भन्दा बढि कैदी बन्दी रहेको कारागार रामेछापमा यस अघि कैदीबन्दी हरुलाई बयानका लागि अन्यत्र ठाउँका अदालतमा पठाउँनै पर्ने र यसरी पठाउँदा सवारी साधन सहित एक जना कैदी बन्दी बराबर दुई जना सुरक्षाकर्मी र एक जना कर्मचारी अनिवार्य पठाउनु पर्ने बाध्यता छ । तर यो प्रविधि लागू भएपछि कुनै पनि कैदी बन्दीलाई अदालत लैजाने झन्झट नरहने प्रमुखको भनाइ छ ।

Share28Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ भाद्र २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ भाद्र २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ भाद्र २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ भाद्र २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ भाद्र २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero