Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा तीन  चरणमा पोलियो विरुद्धको खोप लगाइने,

नेपाल अभियान नेपाल अभियान
१२ जेष्ठ २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १२ जेठ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जिल्लाका सबै पालिका भित्र रहेका ५ बर्ष मुनिका  बालिकाहरूका लागि पोलियो विरुद्धको (आईपिभी) खोप लगाउने भएको छ । कार्यालयले जिल्ला सदरमुकाममा सरोकारवालाहरूको बैठक राखी उक्त कुराको बारेमा जानकारी गराएको हो । कार्यालयले खोपलाई प्रभावकारी बनाउनका लागि  आइतबार देखि तीन चरणमा   पाँच हजार भन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको (आईपिभी) खोप लगाउने तयारी गरेको जानकारी सो अवसरमा गराएको छ ।   

जिल्ला खोप  समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले खोपलाई लक्ष्यका आधारमा प्रभावकारी बनाउन सबैले सहयोग गर्ने निर्णयको गरेको छ । निर्णय अनुसार पहिलो चरणमा भोलि आइतबार देखि रामेछाप नगरपालिका र लिखु तामाकोकी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा १५ गते सम्म अभियान चल्ने छ ।  त्यस्तै दोस्रो चरणमा बुधवारदेखि शुक्रवार सम्म उमाकुण्ड, गोकुलगंगा, दोरम्बा सैलुङ र सुनापती गाउँपालिका सम्पूर्ण वडाहरूमा लगाइने छ । 

त्यसैगरि तेस्रो चरणमा मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा यही जेठको २१ देखि २३ गते सम्म खोप सेवा संचलान हुनेछ । सबै  खोप केन्द्रका लागि  सामुदायीक विद्यालयलाई तोकिएकाले सेवा थप प्रभाबकारीहुने कुरामा कार्यालयले विश्वास गरेको छ । 

सो अवसरमा राष्ट्रिय खोप अभियानको जिल्लाको तयारी बारेमा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र  साहले जानकारी गराएका थिए  । सो अवसरमा उनले तीन चरणमा संचालन गरिने उक्त कार्यक्रममा कुल  पाँच हजार पाँच सय १५ जना बालबालिका सहभागी हुने जानकारी पनि आयोजक पक्षले गराएको छ ।

उनको प्रस्तुति अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिका भित्रका २०७३ साल वैशाख देखि २०७५ साल असोज मसान्त सम्म जन्मिएका सम्पूर्ण बालबालिका र एस अघि खोप लगाउन छुटेका वाल बालिका हरूलाई पोलियो रोग विरुद्धको (आई.पि.भी) खोप लगाउने निर्णय पनि गरिएको हो ।

उक्त खोप अभियान अन्तर्गत मन्थली नगरपालिकामा एक हजार ६ सय २०, रामेछाप नगरपालिकामा ६ सय ९१ जना बालबालिकाहरूका लागि यो खोप दिने तयारी कार्यालय गरेको  छ । त्यो सँगै  जिल्लाको उत्तरी क्षेत्र स्थित उमाकुण्ड गाउँपालिकाका ५सय ६६ र गोकुलगंगा गाउँपालिकाका सय ५५ जना, लिखु तामाकोकी गाउँपालिकाका ४ सय ७७, खाँडादेवी गाउँपालिकाका ५सय ११ जना बालबालिकालाई यो खोप लगाइने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

त्यसै गरी दोरम्बा सैलुङ गाउँपालिकाका ५सय ४ र सुनापति गाउँपालिकाका ४सय ९१ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो  । त्यसका लागि  जिल्ला भरिमा गरी कुल २ सय ४ वटा खोप केन्द्र र २सय ४ जना स्वास्थ्यकर्मीहरू सँगै  तीन सय भन्दा बढी स्वास्थ्य स्वयंसेवक  खटाएर खोप लगाइने तयारी भएको र त्यसका लागि सबै जनशक्तिले जिम्मेवार भएर काम गर्ने जानकारी पनि प्रमुख शाहले जानकारी गराए ।

वैठकमा  सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने लगायत जिल्लाका सरोकारवाला विभिन्न निकायका प्रतिनिधीहरुले पनि खोप अभियान र त्यसको दीर्घकालीन समाधानका बारेमा पनि खुलेर छलफल गरेका थियो ।  अभियानलाई सफल र उपलब्धि मूलक बनाउनका लागि जिल्लाका सञ्चार माध्यमहरूलाई पनि भरपुर सदुपयोग सँगै उनीहरू सँग   सहयोग गर्न पनि बैठकले आग्रह गरेको छ । 

Share9Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ जेष्ठ २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१२ जेष्ठ २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ जेष्ठ २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ जेष्ठ २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ जेष्ठ २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१२ जेष्ठ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero