Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको प्रजिअ अनिता  निरौलाको  विधिवत् बिदाइ 

नेपाल अभियान नेपाल अभियान
४ आश्विन २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असोज । रामेछापको प्रमुख जिल्ला अधिकारी अनिता निरौला विधिवत् रूपमा बिदाइ हुनु भएको छ । उहाँलाई कर्मचारी मिलन केन्द्र रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार  विधिवत् रूपमा बिदाइ गरेको हो । 
मिलन केन्द्रले बागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका निर्वतमान अध्यक्ष आनन्द कुमार श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी प्रजिअ निरौलाको औपचारिक रूपमा बिदाइ गरेको हो ।

बिदाइ  कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले प्रजिअ निरौला सँग राजनीतिक पहुँच र पावरका अगाडि नझुक्ने र विधिको शासन भित्र रहेर   काम गर्ने दुई ठुला  अवगुण रहेको लेनै उहाँ सही र सफल मार्गमा हिँड्न सफल भएको  बताउनु भयो ।  उहाँले प्रजिअ निरौलालाई  दुई वटा अवगुणलाईनै मुख्य आधार बनाएर भोलिको दिनमा पनि सफलताको शिखर  चुम्न पनि सुझाव दिनु भयो । प्रजिअ निरौला रामेछापमा रहेर काम गर्दा सफल प्रजिअको रूपमा रहन सफल भएको पनि सांसद श्रेष्ठले बताउनु भयो ।
प्रजिअको बिदाइ कार्यक्रममा मिलन केन्द्रले नेपाल पत्रकार महासङ्घ, गैर सरकारी संस्था महासङ्घ ,रामेछाप उद्योग वाणिज्य सङ्घ जिल्ला रेडक्रस सोसाइटी  जस्ता जिल्लाका नागरिक स्तरका संस्थाहरूलाई पनि आमन्त्रण गरेको थियो ।  
यस अघि प्रजिअ निरौलालाई मन्थली नगरपालिका लगायत विभिन्न नागरिक स्तरका संस्थाहरूले पनि आफ्नो कार्यालयमा बोलाएर विधिवत् रूपमा बिदाइ गर्नुका साथै उहाँले जिल्लामा रहँदा गरेको योगदानका बारेमा चर्चा  गरेका थिए । 
बिदाइ कार्यक्रममा जिल्ला भरिका सबैजसो कार्यालयका प्रमुख हरूको सहभागिता रहेको थियो । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ निरौलाले रामेछापको बसाइका क्रममा आफूले धेरै कुरा सिक्नअवसर प्राप्त गरेको भन्दै  आफ्नो मात्र प्रयास नभई सबै कर्मचारी साथीहरूको  टिम वर्क र नागरिक समाजको सहयोग लेनै आफ्नो कार्यकाल सफल हुन पुगेको बताउनु भयो । 
उहाँले आफू सरुवा भएर गए पनि आगामी दिन हरूमा रामेछाप जिल्लाको शिक्षा विकास र  प्रगतिका लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले रामेछाप जिल्लामा रहँदा जिल्ला सुरक्षा समिति ,कार्यालय प्रमुख र कर्मचारी र नागरिक समाजले गरेको सहयोग प्रति पनि धन्यवाद दिनु भयो । 
  भदौ ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह सचिवका रूपमा सरुवा हुनु भएकी  निरौला बिहीबार सम्म संविधान दिवस सहितका मुख्य कार्यक्रममा अनिवार्य रूपमा  सहभागी हुनै पर्ने भएकाले र आफ्नो जिम्मेवार पुरा गर्दे  शुक्रवार मात्रै जिल्लाबाट  विधिवत् रूपमा बिदाइ हुनु भएको  हो । 
 १८ महिना रामेछाप जिल्लामा रहेर  प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्नु भएकी निरौलाले जिल्ला विकासको सन्दर्भ समन्वयकारी भूमिका निर्वाह गर्दे  सुशासन बहालीका लागि कर्मचारीहरूको दर्बिलो मियोको रूपमा निर्बाध रूपमा काम गर्नु भएको थियो । 
त्यसैगरि विपद् व्यवस्थापनको कुशल व्यवस्थापक र नेपाली नागरिकता पाउनबाट व्यवहारिक र प्राविधिक समस्यामा परेका नागरिकहरूका लागि नागरिकता वितरणमा सहजता गर्दे कतिपय पीडितहरूलाई नागरिकता दिलाउनका लागि पनि सहजिकरण गरी दिनु भएको थियो ।
  सकारात्मक सोच र चिन्तनले मात्र व्यक्तित्व र समाज विकास सम्म भव भएको बताउने आध्यात्मिक सोचकी धनी प्रजिअ निरौलाका कारण उहाँको कार्यकाल महिला सशक्तीकरणको दृष्टिले पनि उल्लेखनीय रहनुका सार्थ मानव जीवनका लागि योग र ध्यान  अनिवार्य विषय हो भन्ने कुरालाई जोड्दै योग र ध्यानको  विषयलाई आफ्नो  कार्यालयबाट नियमित रूपमा सुरु गराई जिल्लाका सबै जसो स्थानीय तह सम्म जोडेर सबैजसो पालिकाको नीति तथा कार्यक्रम सम्म प्रवेश गराउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नु  भएकोले पनि उहाँको कार्यकाल जिल्लाका लागि प्रेरणाको विषय बनेको जगन्नाथ दाहालले बताउनु भयो ।   
रामेछापका   सिडिओको रूपमा हाल कन्सुलर जन्य सम्पत्ति व्यवस्थापन विभाव सिंहदरबारका उप सचिव  राजु प्रसाद पौडेल आउने हुनु भएको छ । यस अगाडि पनि पौडेलले रामेछाप जिल्लाको सहायक प्रजिअका रूपमा   जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । गृह मन्त्रालयले गत बुधवार रामेछापमा पौडेलसहित अन्य ३६ जिल्लाका सिडिओ लगायतका विभिन्न पदमा उपसचिवहरूको सरुवा गरेको थियो  ।  
प्रजिअको बिदाइ सँगै मिलन केन्द्र रामेछापले नयाँ कार्यालय प्रमुखका रूपमा आउनु भएका करदाता सेवा कार्यालयका प्रमुख,खानेपानी डिभिजन नं ४ का प्रमुख,वन  डिभिजन कार्यालयका प्रमुख,गोकुलगँगा गाउँपालिकाका प्रमुख लगायतलाई पनि नयाँ सदस्यका रूपमा स्वागत गरेको छ । 

Share20Tweet13Share4

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

४ आश्विन २०८१, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

४ आश्विन २०८१, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

४ आश्विन २०८१, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ आश्विन २०८१, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ आश्विन २०८१, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

४ आश्विन २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.